विराट एक्स्पोमा विद्यार्थीको लागि दैनिक बिशेष सत्रहरू हुदै, सिक्न पाउदा विद्यार्थी हर्षित

<span class='c1'>विराट एक्स्पोमा विद्यार्थीको लागि दैनिक बिशेष</span> <span class='c2'>सत्रहरू हुदै, सिक्न पाउदा विद्यार्थी हर्षित</span>

विराटनगरको डिग्री क्याम्पस मैदानमा जारी आठौं संस्करणको विराट एक्स्पोले विद्यार्थीलाई लक्षित गर्दै विभिन्न सिकाइमुखी कार्यक्रमहरू सञ्चालन गरिरहेको छ। कोशी प्रदेशका विभिन्न कलेजका विद्यार्थीहरूले दैनिक रूपमा सहभागीता जनाउँदै करिअर काउन्स्लिङ, सीप विकास र उद्यमशीलतासम्बन्धी सत्रहरूमा ज्ञान हासिल गरिरहेका छन्।

विद्यार्थीहरूलाई करिअर सम्बन्धी मार्गदर्शन दिन र रोजगारीका अवसरहरूबारे जानकारी गराउन करिअर काउन्स्लिङ पेभिलियनसमेत सञ्चालनमा ल्याइएको छ। आयोजक उद्योग संगठन मोरङका अनुसार, स्वदेशमै दक्ष जनशक्ति उत्पादन गर्दै रोजगारीका अवसर सृजना गर्ने लक्ष्यसहित यो पहल गरिएको हो।

विराट एक्स्पोले शिक्षित जनशक्तिलाई उद्यमशीलताको इकोसिस्टमसँग जोड्न व्यवसायिक विकासका सबै सेवा, बिटुबी बजार, प्रविधि, गुणस्तर, मानवस्रोत, सीप र साना घरेलु तथा कृषि उद्योगसँग सम्बन्धित विविध पक्षहरू समेटेको छ।
बिटुबी पेभिलियन, स्टार्टअप पेभिलियनमा रहेको भिजन कोशी ह्याकाथन, रोजगार कोशी पेभिलियनमा करिअर काउन्स्लिङ, श्रम माग र आपूर्तिका श्रृङ्खलाबारे जानकारी, जब ब्रिज, र लाइभ तालिमजस्ता कार्यक्रमहरू विद्यार्थीहरूका लागि विशेष आकर्षण बनेका छन्।

डिजिटल पेभिलियनले नविनतम प्रविधि, उद्योग, कृषि, पर्यटन, र सेवासम्बन्धी उत्पादनहरू प्रदर्शन गरिरहेको छ। विद्यार्थीहरूले हरेक पेभिलियनबाट आफ्ना चासोअनुसार जानकारी लिन र विज्ञहरूसँग साक्षात्कार गर्न पाउने अवसर पाएका छन्। कार्यक्रम सामेल विद्यार्थीहरुले उक्त कार्यक्रमले उद्यमशीलतासम्बन्धी जागरुकता तथा जानकारी थपिएको बताएका छन् ।
प्लस टु र उच्च शिक्षा अध्ययनरत विद्यार्थीहरूलाई केन्द्रित गरी प्रत्येक दिन ४०० भन्दा बढी विद्यार्थीहरूको समूहलाई सहभागी गराइन्छ। हरेक दिन बिहान १० बजेदेखि १२ बजेसम्म सञ्चालन हुने यस कार्यक्रमका लागि विद्यार्थीहरूको प्रवेश निःशुल्क गरिएको छ।
विराट एक्स्पोले विद्यार्थीहरूका लागि मात्र होइन, उद्यमशीलता र रोजगारीमा चासो राख्ने हरेक व्यक्तिका लागि सिकाइ र अवसरको थलो बनेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्