विराटनगर । लकडाउनले लामो समय थला परेका उद्योगहरु अहिले कच्चापदार्थमा आत्मनिर्भर बन्ने बाटोमा अघि बढेका छन । सिमेन्ट उद्योग, खाद्यान्न उद्योग र कृषिसंग जोडिएका उद्योगहरुले कच्चा पदार्थ विदेशबाट झिकाउने भन्दा स्वदेशमै उत्पादन गर्न थालेपछि पछिल्लो समय उद्योगहरु आत्मनिर्भर बन्ने बाटोमा अघि बढेका हुन ।
पछिल्लो समय नेपालका सिमेन्ट उद्योगहरुले क्ंिलकर आफैं उत्पादन गर्न थालेपछि भारतबाट आयात गरिदै आएको क्लिंकरको आयात न्यून भएको छ । नेपालका ६३ वटा सिमेन्ट उद्योग मध्ये २१ वटा सिमेन्ट उद्योगको आफ्नै खानी छ । जसबाट चुनढुंगा निकालेर फलामको धाउ मिसाएर क्लिंकर बनाउदै आएका छन । नेपालमा उत्पादित क्लिंकरले नेपालको आवश्यकता एक बर्ष पछिबाट धान्ने सक्ने अर्घखाची सिमेन्टका संचालक तथा उद्योग संगठन मोरङका उपाध्यक्ष प्रदीप मुरारका बताउछन । उनी भन्छन-नेपालका सिमेन्ट उद्योगहरुले अब एक बर्ष भित्रमा क्लिंकर भारतबाट मगाउन पर्दैन, नेपालकै उत्पादनले पुग्छ ।
उनकाअनुसर नेपालमा आवश्यकता भन्दा क्लिंकर उत्पादन भइरहेको छ । उनले भारतबाट क्लिंकर किन्ने भन्दा पनि हामीले भारतलाई क्लिंकर र सिमेन्ट विक्री गर्न सक्ने गरि नेपालमै उत्पादन भइरहेको उनले बताए । कोरोनाको महामारीको बेला रेमिन्ट्यान्स घटिरहेको बेला सरकारले निर्यातका लागि सुविधा दिएर सिमेन्ट भारत लगायत दक्षिण एशियाका अन्य मुलुकमा पठाउने ब्याबस्था मिलाउनु पर्ने मुरारकाले सुझाए ।
उनले नेपाली उत्पादनलाई निर्यात गर्नका लागि भारतबाट आउने सिमेन्ट र क्लिंकरमा थप कर लगाउनु पर्ने उल्लेख गरे । उनका अनुसार नेपालका सिमेन्ट उद्योगहरुले खपतको डेढ गुणा बढी सिमन्ेट उत्पादन गरिरहेका छन ।
प्रदेश १ का झापामा ७, मोरङमा ४, सुनसरीमा १, धनकुटामा १, र उदयपुरमा सरकारी स्वामित्वको सिमेन्ट उद्योग गरि १४ सिमेन्ट उद्योग संचालनमा छन । क्लिंकर चुनढुंगा, खरानीको धुलो (लाइएस) र जिप्सन मिसाएर बनाइन्छ ।
विराटनगर भन्सारबाट गत आर्थिक वर्षको वैशाख मसान्तसम्ममा १ अर्ब २६ करोड ७१ लाख मूल्यको १ लाख ४० हजार ८ सय २६ टन क्लिंकरको आयात भएको थियो । चालु आर्थिक वर्षको सोही अवधिमा ४० करोड १९ लाख मूल्यको ५८ हजार ४ सय ६२ टन क्लिंकर आयात गरिएको छ ।
आरती स्ट्रिपले पछिल्लो समय थपेको प्लान्टमा एचआर सीटबाट सिआर सिट निर्माण गरेर त्यसबाट आफुले चाहेअनुसारको कर्कटपाता उत्पादन गर्दैछ । पहिले भारतबाट नै सिआर सिट मगाउदा उपयुक्ता साइज भनेर मगाउनु पर्ने अवस्था थियो तर अहिले आफैंले उत्पादन गर्ने भएपछि त्यो झंझट हट्ने आरती स्ट्रिपका प्रशासन प्रमुख दिवश नेपाल बताउछन । उनका अनुसार ४ अर्बको लगानीमा फागुन भित्रमा संचालनमा आउने सिआर सिट प्लान्ट र ग्यालभोलुम कर्कटपाताको प्लान्ट ४ अर्बको लगानीमा थप गरिएको हो ।
कृषिमा कर्पोरेट लगानी
पछिल्लो समय उद्योगमा मात्रै होइन कृषिक्षेत्रलाई पनि आत्मनिर्भर बनाउन र कृषिमा आधारित उद्योगहरुलाई कच्चापदार्थ आयात गर्न नपरोस भनेर ठुला औद्योगिक घरानाले कृषि क्षेत्रमा लगानी बढाउन थालेका छन ।
कृषि उत्पादनमा आत्मनिर्भर बन्ने बाटोका रुपमा समेत कृषि क्षेत्रमा बढ्दै गएको उद्योगीको लगानीलाई सेतुको रुपमा लिन थालिएको छ । गोल्छा समूहले सुनसरीको बर्जु गाउपालिकामा ७० विगाहा जमिनमा अरिहन्त एग्रीफार्म एण्ड रिसर्च सेन्टर सुरु गरेको छ । त्यसै गरि गोल्यान समुहले झापाकोे बाह्रदशी गाउँपालिका वडा नं १ जनता बजार पश्चिम घाग्रा खोला किनारमा गोल्यान एग्रो ट्रेड प्रालिले ३५ विगा जमिनमा तरकारी तथा फलफूल खेती सुरु गरेको छ ।
हवाई कम्पनी बुद्ध एयरको स्वामित्वमा रहेको नेपाल कृर्षि कम्पनीले किसानलाई लक्ष्यगरेर ५ करोड बरबराका मेशिनेशी उपलब्ध गराई रहेको छ । त्यसैगरि यसै बर्षदेखी विभिन्न प्रकारका धानबाट चामल उत्पादन गरि नेपाली बजारमा चामल पु¥याउन नेपाल कृर्षि कम्पनीले डाँगीहाटमा ५ करोड बराबरको चामल मिल स्थापना गरेको छ । जुन मिलबाट ८ हजार टन चामल उत्पादन गर्ने लक्ष्य राखिएको छ । जीरा मसिनो र बासमती धानबाट चामल उत्पादन गर्ने लक्ष रहेको नेपाल कृषि कम्पनीको कार्यक्रम प्रवन्धक डा.विवेकानन्द झाले बताए ।
यसका अलावा परम्परागत खेती प्रणालीबाट किसानलाई अत्याधुनिक मेशिनबाट खेतीका लागि प्रेरित गर्न नेपाल कृर्षि कम्पनीले काम गरिरहेको छ । किसानलाई जोत्ने देखी गोड्ने, मेशिनले बिउछर्ने रोप्ने, गोड्ने र बाली पाकेपछि काट्न पनि मेशिननै प्रयोग गर्न किसानलाई समूह बनाएर मेशिनरी भाडामा दिदै आएको छ ।
झापाको बाह्रदशी गाउँपालिकामा गोल्यान एग्रो ट्रेड प्रालिले गत बर्षदेखी शूरु गरेको स्ट्रबेरी खेतीबाट उत्पादीत स्ट्रबेरीले पूर्वी नेपाल र राजधानीमा मात्रै होइन अन्य मुलुकमा समेत बजार पाएको छ ।
पूर्वको लागि नौलो खेती स्ट्रबेरी भएकाले झापा र जिल्ला बाहिरबाट स्ट्रबेरी खेती हेर्न र ताजा स्ट्रबेरी खरिद गर्न हिउदमा दैनिक १ सय देखि ४ सयको संख्यामा मानिसहरु फर्ममै आउने गरेको स्ट्रबेरी फर्मका कर्मचारी राजेन्द्र भट्टले जनाए ।
पहिले परिक्षणको लागि चार कठ्ठा जमीनमा गरिएको स्ट्रबेरी खेतीको परीक्षण सफल भएपछि चालू आर्थिक वर्षमा ३५ बिघा जमीनमा खेती गरिएको हो । भारतको कोलकत्ताबाट चार प्रकारका स्ट्रबेरीको बिरुवा ल्याएर खेती शूरु गरिएको हो । चिसो र उच्च क्षेत्रमा मात्र हुन्छ भन्ने मान्यता राख्ने कृषकका लागि झापामा फलेको स्ट्रबेरीले धेरैलाई अचम्मित समेत बनाएको थियो । स्ट्रबेरी जाडोमा तयार हुने फल हो ।
प्रदेश १ का मुख्य सहरहरु र काठमाडौंमा बिक्रीका लागि पठाउने गरिएको छ । उपभोक्ताको माग उच्च रहेकोले माग अनुसारको स्ट्रबेरी उपभोक्ता समक्ष पुर्याउन नसकिएको कर्मचारी भट्टले बताए ।
रोपेको दुई महिनाबाट फल्न सूरु गर्छ । हरेक तिन दिनमा स्ट्रबेरी टिप्ने गरिएको छ । अझै १ महिना सम्म उत्पादन भईरहने छ । हाल सम्ममा करिव ५० टन स्ट्रबेरी बजारमा बिक्री भईसकेको बताईएको छ भने समय र मौषम अनुसार मुल्य फेरबदल भई रहने भएपनि यतीवेला कम्पनीले स्ट्रबेरीलाई तिन तहमा बर्गीकरण गरेर मुल्य निर्धारण गरेको छ, जसमा प्रतिकिलो ४ सय देखि १ हजार रुपैया सम्म रहेको छ ।
रु १० करोडभन्दा बढीको लगानीमा शुरु गरिएको यस खेतीमा हाल ५० जना भन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन । विगतमा औद्योगिक क्षेत्रमा लगानी गरिरहेको गोल्यान ग्रुपले यस वर्षदेखि कृषिमा समेत लगानी शुरु गरेको हो ।
जुटमा सकारात्मक संकेत
तीसको दशकमा नेपालको कच्चा जुट यरोपसम्म निकासी हुने गथ्र्यौ । तर अहिले बार्षिक ८० हजार मेन्ट्रिक टन कच्चा जुट भारत र बंगलादेशबाट आयात गर्नु परिरहेको छ । पहिला जस्तै जुट खेतीलाई प्रोत्साहन गर्न सके नेपालका उद्योगहरुले जुटमा परनिर्भर बन्नु पर्ने थिएन । त्यहि कुरालाई मध्यनजर गर्दै नेपाल जुट उद्योग संघका अध्यक्ष राजकुमार गोल्छाले जुट खेती सुरु गरेका छन । उनले डेढ विगा जमिनमा अनुसन्धानका लागि जुट खेती गरेका छन ।
गोल्छाको अरिहन्त मल्टिफाइबर्स र विराटनगरको रघुपति जुट मिल्समा गरी ६ हजार मजदुर कार्यरत छन आरकेजी ग्रुपका निर्देशक सोमनाथ अधिकारीका अनुसार पहिले परम्परागत हलोले जोत्नुपथ्र्यो, अहिले ट्रयाक्टरबाट काम लिन सकिन्छ । पहिले जुट खेतीमा जन लगाएर गोडमेल गर्नुपर्ने झन्झट थियो, अहिले औषधि छर्केर खेतीका अनावश्यक झारपात मार्न सकिने बताए ।
पोखरी खनाउन अनुदान बन्द भएपनि मत्स्यपालनका लागि खनिएका पोखरीमा जुट कुहाउन सकिने र यसबाट माछालाई पनि आहारा हुने हुँदा गाउँ गाउँमा पोखरी खन्ने अभियानालाई अघि बढाउन सकिने निर्देशक अधिकारीले उल्लेख गरे । जुटलाई कुहाउन बनाइने पोखरीमा पहिले माछा पालन गरिदैनथ्यो तर अहिले माछा पालन गर्दा दोहोरो फाइदा हुन्छ । माछालाई आहारा पनि हुने र जुट पनि कुहिने ।
३० कट्ठा जमिनमा ४ महिना जुट खेती गरेवापत २० हजार रुपैयाँ भाडा दिनु प¥यो । त्यस्तै माटो तयारीमा १९ हजार १ सय, बीउमा ५ हजार ६ सय, पानी–मल र स्प्रेमा १० हजार, हरियो जुट काट्दा र पानीमा गाड्दा ४१ हजार र ढुवानीमा ३ हजार ३ सय ७५ खर्च भयो । यसबाहेक जुट सुकाउने र पट्याउनेलाई १० हजार, जुट मिलसम्म र्पुयाउँदा ४ हजार र विविधमा २ हजार खर्च भएको छ । यसरी कुल खर्च १ लाख १५ हजार ७५ रुपैयाँ गरिएको छ ।
उनले ३० कट्ठा जमिनबाट उच्च गुणस्तरको २ हजार ४ सय किलो जुट उत्पादन गरिएको र यसलाई प्रति किलोग्राम १ सय रुपैयाँका दरले विक्री गरिएको जानकारी दिए । जसअनुसार जुटको बिक्रीबाट २ लाख ४० हजार प्राप्त भएको र १ लाख २५ हजार फाइदा भएको अधिकारीले बताए । जुट खेती गरिएका ठाउँमा एक वर्षमै तीन बाली लगाउन सकिन्छ ।
उद्योगी गोल्छाले सरकारले जुट खेतीको विस्तारका लागि अनुसन्धान र किसानलाई प्रोत्साहन गर्नुपर्ने बताए । नेपालमा कति जुट खपत हुन्छ र कति क्षेत्रफलमा खेती गर्दा उपयुक्त हुन्छ भन्ने तथ्यांक निकालेर सरकारले गुरुयोजना बनाएर काम सुरुगर्नु पर्ने उनले सुझाए ।
नेपालका जुट उद्योगलाई आवश्यक पर्ने कच्चा जुट यहीँ उत्पादन गर्न सक्ने हो भने, अर्बौ रुपैया भारत र बंगलादेश जानबाट रोकीने उनले बताए ।
उद्योग संगठन मोरङको तथ्यांक अनुसार मोरङ र सुनसरीमा सञ्चालित ५ वटा जुट उद्योगले आर्थिक वर्ष २०७५÷७६ मा ६ अर्ब २४ करोड १० लाख र आव २०७६÷७७ मा ५ अर्ब ६३ करोड ७३ लाख मूल्यका जुटका उत्पादन भारततर्फ निर्यात गरेका छन ।