धनुषा जिल्लाका विभिन्न खोप केन्द्रमा भिड

धनुषा जिल्लाका विभिन्न  खोप केन्द्रमा भिड

धनुषा
कोरोना विरुद्धको खोप लगाउन धनुषा जिल्लाका विभिन्न खोप केन्द्रमा भिड देखिएको छ । खोप लगाउनेहरू उत्साहित भएर विभिन्न खोप केन्द्रमा पुगी खोप लगाइरहेका छन् ।

दोस्रो चरणमा परेकाहरूको सूचिका आधारमा धनुषाको सबै स्वास्थ्य केन्द्रमा खोप केन्द्र स्थापना गरेर खोप लगाइरहेको जिल्ला स्वास्थ्य कार्यालय धनुषाले जानकारी दिएको छ ।

पहिलो चरणमा स्वास्थ्यकर्मी, एम्बुलेन्सका चालक, सफाइकर्मी तथा शव व्यवस्थापनमा संलग्न रहेकाहरूलाई खोप लगाइएको थियो भने दोस्रो चरणमा कर्मचारीहरू, सुरक्षाकर्मी तथा सञ्चारकर्मीहरूलाई खोप लगाउने कार्य भइरहेको छ ।

जिल्ला स्वास्थ्य कार्यालय धनुषाले पहिलो चरणमा धनुषा जिल्लामा ३ हजार ८ सय ३ जनालाई खोप लगाइएको र दोश्रो चरणमा बुधवार सम्ममा जिल्लामा १ हजार ३ सय जनाले खोप लगाइसकेका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय धनुषाका खोप प्रमुख राजदेव यादवले सुरुमा खोप लगाउनका लागि डराए पनि अहिले भने खोप लगाउन आउनेहरूको भिड बढेको जानकारी गराउदै उनले भारत सरकारको सहयोगमा प्राप्त भएको कोरोना विरुद्धको खोप निक्कै प्रभावकारी एवं सुरक्षित भएकाले निर्धक्क भएर खोप लगाउन लक्षित वर्गका व्यक्तिलाई आग्रह समेत गरे ।

साथै नारायणी उपक्षेत्रीय अस्पतालका प्रमुख डा. सञ्जय ठाकुरले आफूले पनि सुरुमा नै खोप लगाएको र यसको कुनै असर पनि नदेखिएकोले खोप निक्कै सुरक्षित एवं प्रभावकारी भएकाले खोप लगाउन आग्रह गरेका छन् ।
तस्बिर -रेडियो नेपाल v

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्