खदम खोलामा जनप्रतिनिधिको मिलेमतोमा अवैध उत्खनन, स्थानीय आन्दोलित

खदम खोलामा जनप्रतिनिधिको मिलेमतोमा अवैध उत्खनन, स्थानीय आन्दोलित

विराटनगर । मोरङ केराबारी गाँउपालिका –८ स्थित खदम खोलामा जनप्रतिनिधिको मिलमतोमा अवैध उत्खननका कारण गाउँ नै जोखिममा परेको भन्दै स्थानीय आन्दोलित बनेका छन् । कोराबारी गाउँपालीका–८ आमजुङीका स्थानीयले जनप्रतिनिधिको मिलेमतोमा क्रसर उद्योगको मनोमानी उत्खननका कारण गाउँ नै जोखिमा परेको भन्दै गाउँपालिका कार्यालय अगाडी आईतबार प्रदर्शन गरेका हुन ।

गाउँपालिका अध्यक्ष रोहित कार्की र क्रसर उद्योग सञ्चालक भीम पौडेलको मिलेमतोमा अवैध उत्खनन हुने गरेको स्थानीयको आरोप छ ।
दश वर्ष अगाडी देखि क्रसर व्यवसाय सञ्चालनमा आएको उक्त स्थानमा विगतका दिनहरुमा अवैध उत्खनन नभएको केराबारी–८ का जीतबहादुर बस्नेत बताउछन् । ‘हाम्रोमा करिब पाँच सय घरधुरी छन्, क्रसर व्यवसाय सञ्चालन भएको दश वर्ष भयो यो भन्दा अगाडी यस्तो भएको थिएन, बस्नेतले भने, भिम पौडेल भित्रिएको करिब डेढ वर्ष भयो यो समयअवधिमा जताततै ज्यादति भएको छ । ’

अवैध उत्खननलाई नियन्त्रण गर्न खोज्दा क्रसर उद्योगीले खोलामा रहेको मापदण्डमा रहेर काम गर्छौ भन्ने आश्वसन दिएको भए पनि अवैध कार्य नरोकिएको स्थानीहरुको गुनासो छ । ‘अवैध क्रियाकलापलाई रोक्न गत मंसिर– ८ गते गाउँपालिका, वडा, प्रशासनमा समेत हामीले निवेदन दिएका थियौँ, बस्नेतले भने, हामी शुक्रबार तपाईहरुलाई बोलाएर छलफल गराउछौँ भन्नु भएको थियो केराबारी गाउपालिका मेयरले तर मेयरले पनि बेवास्ता गर्नुभयो । ’

सुरक्षाको माग गर्दा चोरी आरोप
अवैध उत्खननका कारण ५ सय घरपरिवार जोखिममा पर्ने भएपछि स्थानियले सुरक्षाको माग राख्दै महादेवा मिनरल इन्ड्रष्ट्रिमा शनिबार आन्दोलन गरे । आन्दोलनका क्रममा क्रसर महादेवा मिनरल इन्ड्रष्ट्रिको अफिस र बिल काउण्टरमा शनिबार स्थानीयले तोडफोड समेत गरेका छन् । उक्त इन्ड्रष्ट्रि मनोज खड्काको नाममा दर्ता रहेको र भिम पौडेलको ठेक्कामा रहेको सोहि इन्ड्रष्ट्रिमा कार्यरत एक कर्मचारीले जानकारी दिए ।
आफुहरुले सुरक्षाको माग गर्दा उद्योगी भिम पौडेलले १९ लाख ५० हजार चोरीको आरोप समेत लगाएको स्थानीय गोपाल खड्काको गुनासो छ ।
‘पाँच सय घर परिवार जोखिममा परेको छ । त्यसमा पनि अतिविपन्न परिवार पनि विस्थापित हुन्छन् । हामीले हाम्रो सुरक्षाको माग गर्दा हामीलाई चोरीको आरोप लाग्ने ? खड्काले प्रश्न गर्दै’ भने, ‘गोपाल खड्का, गोपाल थापा, जितबहादुर बस्नेत र राजेश राईलाई केराबारीमा ठाडो उजुरी दिएर बेलबारीमा जाहेरी दिएको छ भन्ने हामीले सुनेका छौं । ’

आँउदिन भन्नु हुन्छ हाम्रो मेयर
सामान्य अवस्था हुँदा नै वर्खा लाग्दा बाढीको त्रासले पोका कसरे बस्न बाध्य रहेको केराबारी गाउँपालीका–८ आमाजुङीका स्थानीलाई खोला उत्खनन भएसँगै विस्थापित नै हुनुपर्ने त्रास बढेको स्थानीय सावित्रा विश्वकर्मा बताउछिन् ।
जहाँ मेसिन लगाएर खन्दैछन्, त्यो खोला होइन, उनले भनिन्, हामीले डोकोमा ढुङगा बोकेर जाली लगाएर स्थानीयलाई सुरक्षा दिएको ठाँउ हो, तर पैसाको लोभले हामी जनतालाई बालुवा र धुलो मात्रै खुवाउने ?
आफुहरुले भोट दिएर पठाएका जनप्रतिनिधि नै मिलेमतो रहेको आरोप लगाउदै सावित्रिले भनिन, जनतालाई अन्याय भएको अवस्थामा खोलामा आँउदिन भन्नु हुन्छ हाम्रो मेयर ।
उनी थप्छिन्, कुलो पैनी केहि छैन हाम्रोे बालबच्चा कसरी पाल्नु ?

के भन्छन जनप्रतिनिधि ?
तोकिएको मापदण्ड विपरित ठेकेदारले नदी उत्खनन गरेको केराबारी गाउँपालिका ८ का वडाअध्यक्ष मनोज कुमार खड्काले स्वीकार गरेका छन् ।
‘हामीले तोकिएको मापदण्डमा रहेर ढुंगा, बालुवा र गिट्टी निकाल्ने आचरसंहिता बनाएका थियौ,’ वडाअध्यक्ष खडेकाले भने, ‘त्यसको अहिले पालना भएको छैन ।’ जनप्रतिनिधिले पनि अवैध खोला उत्खनन र चोरी तस्करी रोक्न नसकेको उनको भनाई छ । यता केराबारी गाँउपालीकाका मेयर रोहित बहादुर कार्कीले कुनै प्रतिक्रिया दिन मानेनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्