आमबारीमा सामुदायिक अस्पताल संचालन

आमबारीमा सामुदायिक अस्पताल संचालन

विराटनगर । मोरङको रतुवामाई नगरपालिका ४ आमबारीमा सामुदायिक अस्पताल संचालनमा आएको छ । २५ शैय्याको आमबारी सामुदायिक अस्पताल शनिबारदेखि संचालनमा आएको हो ।

उक्त अस्पतालको उद्घाटन रतुवामाइ नगरपालिका ४ का वडाअध्यक्ष देबराज राजवंशीले गरे । करिब १ करोड लागतमा संचालनमा आएको अस्पतालमा आँखा सम्बन्धी सम्पूर्ण उपचार सेवा सुचारू छ । अस्पतालमा विशेषज्ञ चिकित्सकहरूदेखि स्वास्थ्य उपचार सेवा प्रदान गरिने आमबारी सामुदायिक अस्पतालका संयोजक ताजिम अन्सारीले जानकारी दिए । अस्पतालमा ओपीडि, २४ औं घण्टा आकस्मिक, भिडियो ए–क्सरे, इसिजीलगायतका सम्पूर्ण सेवाहरू संचालन छ ।

‘ओपीडी सेवाहरूमा अहिले बच्चा सम्बन्धी सम्पूर्ण सेवाहरूसँगै गाइनो सम्बन्धी सेवाहरू पनि प्रदान गरिएको छ,’ अस्पतालका संयोजक अन्सारीले भने, ‘अस्पताल संचालन आएको अवसर पारेर विशेष छुट योजना पनि ल्याएको छ ।’ अस्पताल संचालन आएको अवसर पारेर शनिबार निःशुल्क रूपमा आँखाको स्वास्थ्य परिक्षण गरिएको छ । निःशुल्क आँखा जाँचमा १ सय भन्दा बढीको सहभागिता रहेको थियो । अस्पतालमा आँखा सम्बन्धी सम्पूर्ण उपचार हुनको साथै शल्यक्रिया पनि हुने गरेको अस्पतलाका संचालक तेजलाल कर्णले जानकारी दिए । ‘अत्याधुनकि उपकरणको प्रयोग गरि अस्पताल संचालनमा ल्याएको छ,’ उनले भने, ‘नयाँ अस्पताल संचालनमा आएको अवसर पारेर विशेष छुट योजना पनि लिएर आएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्