विराटनगरका कहलिएका उद्योगी–व्यवसायी परिसंघमा संगठित

विराटनगरका कहलिएका उद्योगी–व्यवसायी परिसंघमा संगठित

विराटनगर। विराटनगरका कहलिएका उद्योगी–व्यवसायी नेपाल उद्योग परिसंघमा संगठित भएका छन् । परिसंघको प्रदेश १ को तदर्थ समिति गठन गर्दै मोरङ व्यापार संघ र उद्योग संगठन मोरङका बहालवाला अध्यक्ष, पूर्व पदाधिकारी र विराटनगरका पुराना उद्योगी व्यवसायी परिसंघमा संगठित भएका हुन् ।

पछिल्लो दुई वर्षदेखि बैंक ब्याज, श्रम विवाद, उद्योगी व्यवसायीको आत्मसम्मानका मुद्दालाई राष्ट्रिय रूपमा उठाउँदै आएका थिए । नेपाल उद्योग वाणिज्य महासंघको ५५ औं साधारणसभाको तयारी भईरहेका बखत उनीहरु भने परिसंघलाई बलियो बनाउने योजनामा जुटेका छन् । जसका कारण विराटनगरबाट उद्योग वाणिज्य महासंघमा संलग्नहरुको समूह कमजोर हुने अनुमान गरिएको छ । परिसंघको तदर्थ समितिको अध्यक्षमा उद्योग संगठन मोरङका निवर्तमान अध्यक्ष भीम घिमिरे चयन भएका छन् । मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडा पनि परिसंघको समितिमा वरिष्ठ उपाध्यक्षको पदमा रहेका हुन् ।

नबलकिशोर काबरा र सुशीलकुमार जोशी, कृष्णकुमार अग्रवाल, दीपक पौडेल र देवेन्द्र गुप्ता तदर्थ समितिको उपाध्यक्षमा मनोनित गरिएको छ। समितिको कोषाध्यक्षमा गिरीश लुनियाँ र सदस्यहरूमा विकास अधिकारी, डेनिस कार्की, वेदान्त जाजू, दिवस सुवेदी, अनूप सिग्देल, कर्ण रायमाझी, भावेश राठी, निखिल तोदी र गिरिजा शारडा छन्। त्यस्तै मधुर दुगड, रिसब दाहाल, साकेत राठी, अनुपमा बास्तोला, मुकेश कोठारी, महेश पौडेल, रजत तोदी र राजेन्द्र राठी पनि सदस्य छन् ।

तदर्थ समितिमा मधु लोहियाको सभापतित्वमा महिला उद्यम समिति र गोपाल अग्रवालका सभापतित्वमा युवा उद्यमी उपसमितिको गठन गरिएको छ। सीएनआईको प्रदेश समितिको गठन गर्न सबैभन्दा ठूलो भूमिका उद्योग सङ्गठनका पूर्व अध्यक्ष सुशील धनावत तथा व्यापार संघका पूर्व अध्यक्षद्वय पवनकुमार शारडा र महेश जाजूले गरेका हुन्। जाजू समितिको प्रमुख सल्लाहकार तथा धनावत सल्लाहकार हुन्। अन्य सल्लाहकारमा वासुदेव गोल्यान, मीनप्रकाश मैनाली र उद्धव रिजाल छन्।

विराटनगरमा यसअघि २०६७ सालमा तत्कालीन अध्यक्ष विनोद चौधरी आएर उद्योगपति वासुदेव गोल्यानका अध्यक्षतामा सीएनआईको कोशी अञ्चल च्याप्टरको तदर्थ समिति गठन गरेका थिए । तर गोल्यानको निष्क्रियताका कारण उक्त समिति अस्तित्वमा आउन सकेन। उनलार्ई अहिलेको समितिमा सल्लाहकार बनाइएको छ।

प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार एवं पूर्व राज्यमन्त्री मोती दुगडलाई संरक्षक तथा भवन निर्माण समितिको विशिष्ट सदस्यमा राखिएको छ। दुगड पनि मोरङ व्यापार संघ र उद्योग संगठन मोरङ गरी दुवै संस्थाका पूर्व उपाध्यक्ष समेत हुन्। संरक्षक एवम् भवन निर्माण समितिमा महेश सोनी, विकास दुगड र आरती स्ट्रिप्सका उपाध्यक्ष अश्विनी शर्मालाई पनि राखिएको छ।
अध्यक्ष घिमिरेले समितिको पदस्थापन आगामी वैशाखको दोस्रो सातामा र प्रदेशस्तरीय अधिवेशन ६ महिनाभित्र गरिने जानकारी दिए।घिमिरेले समितिको कार्यालय प्रदेश राजधानी विराटनगरमै राखिने र महानिर्देशकमा विजयहरि शर्मालाई नियुक्त गरिएको बताएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्