विराटनगरका यातायात व्यवसायीको चिन्ता : कोरोनाले यातायात क्षेत्रलाई घुँडा टेकाएरै छोड्नेभयो

विराटनगरका यातायात व्यवसायीको चिन्ता : कोरोनाले यातायात क्षेत्रलाई घुँडा टेकाएरै छोड्नेभयो

विराटनगर । गतवर्ष छ महिना बन्द भएर गत भदौ अन्तिमदेखि फाट्टफुट्ट हुँदै असोज अन्तिमबाट पूर्ण रुपले सञ्चालनमा आएको सार्वजानिक यातायातको क्षेत्रले पुनः घुँडा टेक्नुपर्ने अवस्था आएको भन्दै व्यवसायीहरु चिन्तित बनेका छन् । कोरोना संक्रमण जोखिम न्यूनीकरणका लागि गतवर्ष लामो समयसम्म बन्दाबन्दी भएपछि लगानी जोखिम मोलेको यातायात क्षेत्रलाई कोरोनाको दोस्रो लहरले नराम्रोसँग घुँडा टेकाउने व्यवसायीमा चिन्ता छाएको हो ।

कोरोना संक्रमण जोखिम बढेसँगै चहलपहल क्रमशः घट्दै गएको र यात्रु पनि हराउँदै गएपछि विराटनगरका यातायात व्यवसायीहरु थामिनसक्नु पीडा सहनु परेको सुनाउँछन् । सुनौलो पूर्व नेपाल यातायात प्रा.लि.का अध्यक्ष राजन कँडेलले पहिलो लहरले घुँडा टेकिसकेका व्यवसायी दोस्रो लहरसँगै सम्हालिन नसक्ने अवस्थामा पुगिसकेको गुनासो गर्नुहुन्छ ।

विराटनगर बसपार्कबाट आधा दर्जन कम्पनिका ६०० गाडीहरु लामो तथा छोटो दुरीका लागि छुट्दछन् । सुनौलो पूर्व यातायात प्रा.लि.मा २५० बढी संख्याका गाडीहरु आवद्ध छन् । त्यस बाहेक विराट मिनि यातायात प्रा.लि., दिवा तथा रात्री परिवहन सेवा, विराटेश्वर यातायात प्रा.लि. र सुर्योदय यातायात प्रा.लि.का गाडीहरु विराटनगर बसपार्कलाई आधार बनाएर छुट्ने गरेका हुन् । यी कम्पनिमा १ अर्ब २० करोड बराबरको लगानी छ ।

कोरोनाको दोस्रो लहर भयावह स्थितिको रुपमा देखा परे यातायात क्षेत्र सजिलै उठ्न सक्ने अवस्थामा नपुग्ने व्यवसायीहरुको बुझाई छ । सरकारले केहि गर्नसक्ने अवस्थामा नहुने र व्यवसायीको समेत दैनिक आम्दानी घट्ने भएकोले ठूलो लगानी जोखिम आउनसक्ने अध्यक्ष कँडेलको बुझाई ।
गत बैशाख ६ गते सरकारले गरेको निर्णय अनुसार सार्वजानिक यातायातमा स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सञ्चालन गर्ने भनिएको छ । मंगलबार जिल्ला प्रशासन कार्यालय मोरङमा यातायात व्यवसायीसँग भएको छलफलको निष्कर्ष समेत त्यहि निकालिएको सुनौलो यातायातका महासचिव धर्मलाल साहले जानकारी दिनुभयो ।

प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले यातायात व्यवसायीसँग मंगलबार गर्नु भएको छलफलमा सार्वजानिक यातायात सञ्चालनमा अवरोध नगर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको महासचिव साहले बताउनुभयो । तर, सार्वजानिक यातायातमा सीट क्षमता भन्दा बढी यात्रु राख्न नपाइने, यात्रुलाई अनिवार्य मास्कको लगाउन लगाउनुपर्ने, सेनिटाइजरको प्रयोग गर्ने सुविधा दिनुपर्ने निर्देशन यातायात व्यवसायीलाई प्रमुख जिल्ला अधिकारीले दिनु भएको थियो ।
सार्वजानिक यातायात सञ्चालनमा रोक नलगाएपनि महामारीमा यात्रु नपाएकै कारण गााडीहरु रोकिने महासचिव साहले बताउनुभयो । उहाँले स्वास्थ्य भन्दा ठूलो मुद्दा आउजाउ वा अन्य काम हुन नसक्ने भएकोले महामारीसँग यात्रुको संख्या क्रमशः घट्दै गएको बताउनुभयो । कोरोना छल्न घर फर्कने बाहेक अन्य कारोबार र गतिविधिमा हिड्नेहरुको संख्या घटिरहेको उहाँले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्