देशभर पछिल्लो २४ घण्टामा पाँचहजार ७६३ संक्रमित थपिए, हालसम्मकै उच्च

देशभर पछिल्लो २४ घण्टामा पाँचहजार ७६३ संक्रमित थपिए, हालसम्मकै उच्च

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ५ हजार ७६३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । १४ हजार ९६९ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

नेपालमा संक्रमण देदखएयता एकैदिनमा पहिचान भएका सबभन्दा धेरै संक्रिमित संख्या शनिबारको हो । यसअघि पहिलो लहरमा ५ कात्तिकमा एकैदिनमा ५ हजार ७४३ जनामा संक्रमण पुष्टि भएको थियो । संक्रिय संक्रमितको संख्या ४३ हजार २१३ पुगेको छ ।

नेपालमा थप १९ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट मृत्यु हुनेको सख्ंया ३ हजार २९८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्