सीमाबाट प्रवेश गर्नेहरु बाहिर–बाहिरै, एन्टिजेन पोजेटिभको पीसीआर नगरी घर

सीमाबाट प्रवेश गर्नेहरु बाहिर–बाहिरै, एन्टिजेन पोजेटिभको पीसीआर नगरी घर

प्रेम देवान
विराटनगर । अछाम जिल्लाको ढुङगेचला ६ का ४० बर्षीय शेरे कामी बिहीबार बिहान ८ बजे भारतको भगलपुरबाट परिवार सहित नेपाल प्रवेश गरे । उनी जोगवनी रानी बोर्डर हुँदै घर जान लागेका थिए । तर, भारतबाट आउने नागरिकको अनिवार्य एन्टीजेन परीक्षण गर्नुपर्ने भएकाले बोर्डरमा खटिएका स्वास्थ्यकर्मीको टोलीले उनीहरु सबैको परीक्षण पनि गरे । ६ जना परिवारमध्ये एक जनामा एन्टिजेन पोजेटिभ देखियो ।

कोरोना पोजेटिभ देखिनेमा ३० बर्षीया जीवना कामी थिइन् । उनी भारतको भगलपुर लालमटियामा रोजगारीको शिलशिलमा २ बर्ष अगाडी श्रीमान् शेरेसहित ४ छोराछोरीसँग थिइन् । भारतमा कोरोनाको दोस्रो लहरले बस्नै नसक्ने भएपछि उनीहरु परिवारै नेपाल फर्कन चाहेका हुन् । तर, कोरोना पोजेटिभ देखिएपछि उनीहरुको व्यावस्थापनको लागि समस्या आईपर्योे । प्रदेश र स्थानीय तहले हाल विराटनगरमा बाहिरबाट आउनेहरुको लागि होल्डिङ एरियाको व्यवस्थापन गरेको छैन । जसले शेरे कामी जस्ता नागरिकलाई समस्या देखिएको छ ।

प्रदेश सरकारले यसअघि बाहिरबाट आउनेहरुका लागि अनिवार्य रुपमा होल्डिङ केन्द्रमा बस्नुपर्ने नियम बनाएको थियो ।
तर, आज त्यही होल्डीङ एरिया नभएका कारण सीमा क्षेत्रबाट प्रवेश गर्ने नागरिकले समस्या भोग्नु परेको छ । उनीहरु बिहानको ८ बजे आएता पनि उनीहरुलाई दिनभर नै त्यति कै नै राखियो । त्यहाँ खटिएका स्वास्थ्यकर्मी अनि सुरक्षाकर्मीहरुले पटक पटक माथिल्लो निकायमा कुरा गर्दा पनि कुनै सुनुवाई भएन ।
आवर विराटनगरलाई उक्त कुराबारे जानकारी भएपछि त्यसक्षेत्रमा पुग्दा जे देखियो ः
दृष्य नम्बर एक
समय झन्डै रातको ८ बजेको थियो । जीवना कामी जो एन्टिजेन परीक्षण कोरोना पोजेटिभ देखिएकी महिला थिइन् । उनले साथमा डेढ सालको छोरालाई पनि काखी च्यापेर बसिरहेकी हुन्छिन् । तर अरु परिवार पनि उनको नजिकै नै उभिरहेका हुन्छन् । सबैजना विहानदेखी भोकभोकै । केही समयपछि त्यहाँ खटिएका प्रहरी र सशस्त्रले चाउचाउ ल्याइदिन्छन् । उनीहरुको जेठो छोरो जो १२ बर्षका छन् । उनलाई दिएको त्यो चाउचाउ आफ्ना भाई बाहिनी र बुबालाई दिन्छन् अनि आफु पनि खान्छन् ।
उनीहरुको त्यसबेला सम्म कहाँ जाने के खाने कहाँ बस्ने केही टुङगो हुँदैन । जति रात पर्दै जान्छ ती साना नाला–बालाहरु छटपटाउन थाल्छन् ।
हाम्रो काम त्यहाँ समस्या देखाउने मात्र हैन भन्ने लाग्यो । समस्याको समाधान कसरी गर्ने भन्ने दायित्व पनि रह्यो । सुरक्षाकर्मी र हामीले विभिन्न निकायसँग त्यहाँ देखिएको बास्तविक घटना बारे जानकारी गरायौं । नभन्दै केही समयपछि सामाजिक मन्त्रालयले २ वटा एम्बुलेन्स पठाईदियो । ।
शेरे कामी भारतमा रोजगारीको शिलशिलमा २ बर्ष अगाडी परिवार सहित गएका थिए । उनीहरु अब नेपाल मै सधैभरीका लागी बस्नेगरी कुम्लो कुटौरो बोकेर आएका थिए । साना नालाबालाको त्यहाँ अवस्था नाजुक थियो । प्रदेश सरकार र स्थानीय तहको ध्यान नपुग्दा यसरी आम नागरिकले दुखभोग्नुपरेको त्यहाँको दृृष्यले बताईरहेको थियो । उनीहरुलाई एम्बुलेन्समा विराटनगरको नोवेल हस्पिटलतर्फ लगियो ।
सरकारले बैलैमा कोरोना पोजेटिभ देखिनेहरुको लागि होल्डिङ एरियाको व्यावस्थापन गरिदिएको भए आज यसरी दुख भोग्नुपर्ने अवस्था आउने थिएन ।
रिर्पोटिङको कथाले फेरी अर्को मोड लियो
आवर विराटनगरको लाईभ देखेर विराटनगरका एक समाजसेवी तथा युवा अभियान्ता राहुल भट्टराईले हामीलाई फोन गरे । करिब रातको ९ बजेको समयममा भट्टराईले फोन गरे । उनले भने, भर्खरै आवर विराटनगरमा देखाइएको भिडियोका मान्छेहरु कहाँ छन् भनेर सोधे अनि मैले जवाफ दिए । उनीहरुलाई नोवेल अस्पतालमा लगिएको छ । उनले भन्दै थिए । उनीहरुको लागि खाना र सुत्ने ठाँउको व्यावस्थापन म गरिदिन्छु । अन्तमा मैले हुन्छ भन्दै नोवेल अस्पताल जान भने । केही समयपछि हामी दुवै जना अस्पतालमा पुग्यौं । तर, त्यहाँ भने कसैलाई भेटिएन । त्यहाँ अस्पतालका स्वास्थ्यकर्मी, प्रहरी र सुरक्षागार्डलाई सोध्यौं । तर कही भेटिएन । हामीले धेरै ठाँउ खोज्दा नभेटिएपछि जो उनीहरुका लागी खाना र सुत्नको लागी केही सामान लिएर पुगेका ती युवा अभियान्ताले राज्यको कमजोरीका कारण यसरी कोरोना पोजेटिभ देखिएका संक्रमितको व्यवस्थावनमा हेलचेक्राई भएको आक्रोस व्यक्त गरे ।
त्यसपछि हामी पुन उनीहरुको खोजीमा नै लाग्यौ । कतै अस्पताल बाहिर पो छन् की भनेर बाहिर आयौँ ।

दृष्य नम्बर दुई
नभन्दै रातको १० बजेको समयमा उनहिरुलाई अस्पतालबाहिरको खुला रोडमा भेट्यौं । सडकको पेटिमा बालबच्चाहरु चिसो भुँई मै बसिरहेका थिए भने जो संक्रमित महिला आफ्ना दुधेबालकलाई दुध खुहाईरहेकी थिईन् । यसमा अस्पतालको पनि कमजोरी देखिएको छ । अस्पतालमा पुर्याएका कोराना संक्रमितलाई चिकिस्त्कले केही भएको छैन भनेर आफुहरुलाई पठाइदिएको शेरे कामीले बताए । उनीहरुमध्ये एन्टिजेन पोजेटिभ देखिने महिलाको पीसीआर परीक्षण समेत गरिएन ।

दृष्य नम्बर ३ भोलिपल्ट
शुक्रबार बिहान उनीहरु बिहानै होटलबाट निस्कीएको होटल संचालकले हामीलाई खबर गरे । यता बसपार्कमा आएर परे अलपत्र । शेरेकामीसँग अलि अलि भएको पैसा पनि सकिएपछि घर कसरी जाने भनेर समस्या देखियो । त्यति मात्र हैैन खानेकुराको समस्या देखिएपछि सामाजिक अभियान्ता भीम उपाध्यायले सामाजिक संजालमा सहयोगका लागी आग्रह गरे । सामाजिक संजालमा उत्तm कुरा विराटनगरका युवा नेता वसिम आलमको नेतृत्वमा रहेको हाम्रो अभियान टिमले खानेकुरा साथै घर सम्म पुग्ने व्यावस्था गरिदिए ।
आपत परेको बेला यसरी सहयोग गर्ने ती सहयोगी हातहरुलाई धेरै धेरै धन्यवाद अनि नमन ।
अन्तमा के मात्र भन्न चाहान्छौ भने , प्रदेश सरकार यहाँको स्थानिय तहले एउटा होल्डिङ एरीया बनाउन नसक्दा यसरी नागरिकले कहाँदेखी अनि कहाँ सम्म दुख पाउदा रहेछन भन्ने स्पष्ट हेर्न अनि देख्न पाइयो ।
आखिर के गर्दछ प्रदेश सरकार अनि स्थानिय निकाय । यस अघि हरेक स्थानमा भारतबाट आउनेहरुका लागी होल्डिङ एरिया क्वारिन्टाईन बनाउन सक्ने सरकारले अहिले किन तदारुक्ता देखाउन चाहिरहेको छैन । त्यति मात्रै नभई लापरवाहीपूर्ण तरिकाले एन्टिजेन पोजेटिभ देखिएको नागरिकलाई पीसीआर परीक्षणबाट यकिनसम्म नगरि किन त्यसै छोडिरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्