नेपाल चिकित्सक संघको सुझाव : देशभर ‘रेड अलर्ट’ घोषणा गरेर राष्ट्रिय संकल्प गरौं

<span class='c1'>नेपाल चिकित्सक संघको सुझाव : देशभर ‘रेड</span> <span class='c2'>अलर्ट’ घोषणा गरेर राष्ट्रिय संकल्प गरौं</span>

विराटनगर । नेपाल चिकित्सक संघले कोरोना महामारीलाई स्वास्थ्य प्रणालीले थेग्न नसक्ने अवस्था आएको भन्दै देशभर रेड अलर्ट घोषणा गर्न सुझाव दिएको छ । साथै कोरोनासँगको लडाई जित्न राष्ट्रिय संकल्पसहित सबै एकै ठाउँ उभिन अपील समेत गरेको छ । जनताको जीवन रक्षा भन्दा ठुलो मुद्दा अरु हुनसक्दैन, सिंगो राष्ट्र एक ठाँउमा उभिएर जनताको जीवन रक्षाका लागि पहल गरौं चिकित्सक संघले हार्दिकताका साथ सरकार, राजनीतिक दल, नागरिक समाजसँग बुधबार अपील जारी गर्दै आग्रह गरेको हो ।

राष्ट्रपति, प्रधानमन्त्री, स्वास्थ्य मन्त्री, प्रमुख प्रतिपक्ष दल एवं सम्पूर्ण राजनीतिक दलहरु, नागरिक समाजलगायत सवै दाजुभाई तथा दिदी बहिनीहरूलाई अरु सवै छाडेर कोरोनाविरुद्धको लडाइमा लाग्न संघले आग्रह गरेको छ । संघले राष्ट्पति विद्यादेवी भण्डारीलाई महामारीको क्षणमा सवै राजनीतिक दललाई एकतावद्ध बनाउने भूमिका निर्वाह गर्न अपील समेत गरेको छ ।

संघले अस्पतालको प्राङ्गणमा कारुणिक दृश्य देख्न विवश भएको भन्दै जनताका यी पिडा र वेदना भन्दा अन्य विषयहरू प्राथमिकताका विषय नहुने भन्दै ‘मानौं अस्पतालमा ति हृदय विदारक दृष्य अर्कै लोकका हुन ? भनेर राजनीति दललाई घच्घच्याउने प्रयास गरेको छ । अनि अस्पतालमा दिनरात खटेको हाम्रो मन खिन्न हुन्छ, उदेक लाग्छ र प्रश्न गर्न मन लाग्छ –के नेतृत्वदायी भूमिकामा रहेकाहरूका लागि जनताको जीवन भन्दा ठुलो कुरा अरु केही हुनसक्छ ? भनेर थप प्रश्न समेत गरिएको छ ।

संघले कोरोनाको पहिलो लहरदेखि नै जुनसुकै वेला भयावह अवस्था आउनसक्छ, आवश्यक तयारी गरौं भनेर निरन्तर झक्झकाइ रहेपनि समयमा नसुन्दा, तयारी नगर्दा, प्राथमिकतामा नपर्दा आज नागरिकले अनाहकमा ज्यान गुमाउनुपरेको र सास्ती व्यहोर्नुपरेको पनि जनाएको छ ।
आज फेरी पनि केही आशा गरेर यो विन्ती गर्दैछौं । अव केही महिनाका लागि तपाईंका राजनीतिक जोडघटाउ र अन्य प्राथमिकतालाई स्थगित गरिदिनुहोस् । एउटै प्राथमिकता बनाउनुहोस्, जनताको जीवन जोगाउने, एकजुट भएर भाइरससँग लड्ने र महामारीलाई परास्त गर्ने, संघले सरोकारवालाहरूसँग हारगुहारसहित विन्ती गरेको छ । सबैको सहयोगको अपेक्षा गर्दै चिकित्सक, नर्स, स्वास्थ्यकर्मी फिल्डमा अग्रभागमा रहेर काम गरिरहेने भन्दै हिम्मत नगुमाउने पनि जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्