विराटनगरमा ३०५ जनासहित प्रदेश १ मा ५९१ संक्रमित थपिए

<span class='c1'>विराटनगरमा ३०५ जनासहित प्रदेश १</span> <span class='c2'>मा ५९१ संक्रमित थपिए</span>

विराटनगर । प्रदेश १ मा आज ५९१ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ३२७, झापामा १६०, सुनसरीमा ३७, ताप्लेजुङमा ११, भोजपुरमा १०, इलाममा ४, पाँचथरमा २, उदयपुरमा १ र प्रदेश १ बाहिरका ३९ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा १४३ महिला र १६२ पुरुष सहित ३०५, कटहरीमा ६, धनपालथान र रंगेलीमा ३–३, जहदा, बुढीगंगा र उर्लाबारीमा २–२, सुन्दरहरैचा, सुनबर्षी, मिक्लाजुङ र स्थानीय तह नखुलेका १–१, झापाको मेचीनगरमा ३०, विर्तामोडमा २९, दमकमा २६, कनकाईमा १७, अर्जुनधारामा १६, बुद्धशान्तिमा १४, कमल गाउँपालिकामा ८, कचनकवलमा ६, भद्रपुर, हल्दिबारी र शिवसताक्षीमा ४–४ र स्थानीय तह नखुलेका २, सुनसरीको धरानमा १७, इटहरीमा ६, देवानगञ्जका ५, इनरुवामा ४, बर्जुमा ३, दुहवी र रामधुनीमा १–१ र स्थानीय तह नखुलेका २ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

त्यसैगरि ताप्लेजुङको श्रीजंगामा ११, भोजपुरको आमचोकमा ९ र भोजपुर नगरपालिकामा १, इलामको चुलाचुलीमा २, रोङ र इलाम नगरपालिकामा १–१, पाँचथरको फिदिम र स्थानीय तह नखुलेका १–१, उदयपुरमा १ र प्रदेश १ बाहिरका ३९ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४३ हजार १९८ पुगेको छ । संक्रमित भएका मध्ये ३० हजार ८५६ संक्रमणमुक्त भएका छन् । आज १४५ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या ११ हजार ७०८ पुगेको छ । प्रदेश १ मा आज १ हजार ३१९ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये २४३ महिला र ३४८ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्