संक्रमित भन्दा संक्रमणमुक्त हुनेको संख्या बढ्यो, मृत्यु संख्यामा पनि कमि

संक्रमित भन्दा संक्रमणमुक्त हुनेको संख्या बढ्यो, मृत्यु संख्यामा पनि कमि

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट संक्रमित हुने भन्दा संक्रमणमुक्त हुनेको संख्या बढेको छ । संक्रमणमुक्त हुनेको संख्या ७,२२६ हुँदा ६,९३९ जना नयाँ संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिइएको छ ।

२० हजार ४१४ पीसीआर परीक्षणमा ६,७३१ र ५७८ एन्टिजेन परीक्षणमा २०८ जना गरी पछिल्लो २४ घण्टामा ६,९३९ नयाँ संक्रमित भेटिएका हुन् । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण १०६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्