छ हजार ८० जना संक्रमणमुक्त

छ हजार ८० जना संक्रमणमुक्त

विराटनगर । पछिल्लो २४ घण्टामा ४ हजार ४८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरमा ६ हजार ८० जना निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अवधिमा ११६ जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार बितेको २४ घण्टामा परीक्षण १४ हजार ७५२ जनामा कोरोना परीक्षण भएको थियो । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ५ लाख ५३ हजार ४२२ पुगेको छ भने निको हुनेको संख्या ४ लाख ३४ हजार ७५० पुगेको छ । यस्तै मृतकको कुल संख्या ७ हजार १६३ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ५०९ रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्