तेलको मूल्य बृद्धिबारे सुक्ष्म अध्ययन, अन्तराष्ट्रिय बजार मूल्यको प्रभाव नेपाली भान्सामा

तेलको मूल्य बृद्धिबारे सुक्ष्म अध्ययन, अन्तराष्ट्रिय बजार मूल्यको प्रभाव नेपाली भान्सामा

विराटनगर । सुनसरी–मोरङ औद्योगिक करिडोर अन्तर्गत स्वस्तिक आयल इन्डस्ट्रिज प्रा.लि.ले चालु आर्थिक वर्षको साउन १२ गते क्रुडआयल (तेलको कच्चा) १०१ रुपैँया प्रतिलिटर मूल्यमा भन्सार जाँच पास गरेको थियो । भान्सामा प्रयोग हुने सनफ्लावर तेलको कच्चा त्यो मूल्यमा पैठारी गरेको स्वस्तिकको उत्पादनको १९० रुपैँया प्रतिलिटर बजार मूल्य तोकिएको थियो ।

तर, त्यहि स्वस्तिकले चालु आर्थिक वर्षको बैशाखमा कच्चा तेलको १६२ रुपैँया प्रतिलिटर मूल्यमा भन्सार जाँचपास गराएको छ । उद्योगले बैशाखमा भित्र्याएको कच्चा प्रशोधनपछि उत्पादन भएको तेलको मूल्य प्रतिलिटर २७५ रुपैँया तोकेको छ ।
अन्तराष्ट्रिय बजारमा तेलको कच्चामा आएको व्यापाक तेजीका कारण अहिले भान्सामा प्रयोग हुने तेजको मूल्य अस्वभाविक बढेको छ । तर, उद्योगीहरुले कच्चामा आएको मूल्य बृद्धिको तुलनामा भने तेलको मूल्य सन्तुलन गर्न अझैं बाँकी नै राखेको देखिन्छ । चालु आर्थिक वर्षको साउनको तुलनामा कच्चाको मूल्य ६०.३९ प्रतिशतले अन्तराष्ट्रिय बजारमा बृद्धि हुँदा प्रशोधित तेलको मूल्य भने ४४ प्रतिशत मात्रै बृद्धि गरिएको हो ।

उत्पादकले भान्सामा प्रयोग हुने तेलको मूल्यमा अस्वभाविक बृद्धि गरेको विषयलाई वाणिज्य तथा आपूर्ति विभाग र मातहतका कार्यालयहरुले अध्ययन गरिरहेका छन् । अन्तराष्ट्रिय बजारमा तेलको कच्चामा आएको तेजीका कारण नेपालमा चालु आर्थिक वर्षभित्रै तेलको मूल्यमा अस्वभाविक मूल्य बृद्धि देखिएको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण हित कार्यालय विराटनगरका प्रमुख सन्तोष पोखरेलका अनुसार अहिले उद्योगीसँग कच्चा पैठारी गर्दाको प्रज्ञानपत्रको अध्ययन थालिएको छ । साउनमा कच्चा आयात गर्दाको प्रज्ञापनपत्र र बैशाखमा कच्चा आयात गर्दाको प्रज्ञानपत्रको तुलना गरेर तेलमा बृद्धि भएको मूल्यान्तर बारे अध्ययन भईरहेको हो ।
तेलको मूल्यमा अस्वभाविक बृद्धि हुने विषय अन्तराष्ट्रिय बजारसँग सम्बन्धित छ की छैन ? भनेर प्रतितपत्र, प्रज्ञानपत्र र उत्पादित वस्तुको कायम मूल्यको अध्ययन विभागसँगै मातहतका कार्यालयहरुले समेत गरिरहेका हुन् । विभागले उत्पादन लागतमा कच्चा पदार्थको मूल्यको हिस्सा कति ? छ भनेर उद्योगीसँग लिखितै कारणसहितको विवरण समेत माग गरेको छ ।

मातहतका कार्यालयहरुले मूल्य बृद्धिका अन्य कारकहरु यथावत् रहेकै अवस्थामा आयात गर्नुपर्ने कच्चाको मूल्यमा भएको बृद्धिले उत्पादित वस्तुको मूल्यमा पारेको प्रभावको अध्ययन गरेर निचोड निकाल्न लागेको हो ।
औद्योगिक करिडोमा सनफ्लावर र खाने तेल उत्पादन गर्ने उद्योगहरुको पछिल्लो एकवर्षको अवस्था अध्ययन गरेर त्यसको प्रतिवेदन विभागलाई पठाईने छ । चालु आर्थिक वर्षको साउनमा कायम मूल्यको आधारमा करिडोरका उद्योगले घटिमा ३१.५ प्रतिशतदेखि बढीमा ४५ प्रतिशतसम्म मूल्य बृद्धि गरेको अध्ययनका क्रममा पाइएको पोखरेलले जानकारी दिनुभयो । कच्चामा उद्योग अनुसार ५२.४२ प्रतिशतको बृद्धिदेखि ६७.४९ प्रतिशतसम्म बृद्धि मूल्यमा मालवस्तु आयातको प्रज्ञानपत्र बुझाएर भन्सार जाँचपास गरिएको अध्ययनबाट खुलेको छ ।

सूर्यमुखी तेल उत्पादन गर्ने चार र तोरी तेल उत्पादन गर्ने दुई उद्योगको कागजात अध्ययन गरेको कार्यालयले चालु आर्थिक वर्षको साउनमा आयात गरिएको कच्चा (क्रुडआयल) र अघिल्लो महिना बैशाखमा त्यहि कच्चा आयात गर्दा परेको मूल्यको अन्तर प्रज्ञानपनका आधारमा अध्ययन गरेको छ । चालु आर्थिक वर्षको साउन महिनामा ९४ रुपिँया प्रतिलिटरदेखि १०१ रुपिँया प्रतिलिटर मूल्यमा आयात गरिएको क्रुडआयलको गत बैशाखमा १४४.६७ रुपिँया प्रतिलिटरदेखि १६५.८२ रुपिँया प्रतिलिटर मूल्य परेको प्रज्ञानपन पत्रमा पाइएको छ ।

करिडोरकै बाबा भेजिटेबल आयाल इ.प्रा.लि.ले १०३ मा क्रुडआयल आयात गर्दा २०५ र हाल १५७ प्रतिलिटर क्रुडआयल आयात गर्दा २७० प्रतिलिटर तेलको मूल्य तोकेको पाइएको छ । बागमती आयल इन्डस्ट्रिजले साउनमा ९९ रुपिँया प्रतिलिटर क्रु्ड आयाल आयात गरेर १८० र अहिले १६५.८२ प्रतिलिटर क्रु्डआयल आयात गरेर २६० रुपिँयाप्रतिलिटर प्रशोधित तेलको मूल्य तोकेको छ । यसैगरी पशुपति खाद्य तेल उद्योग प्रा.लि.ले २०७७ असार १० मा ९४.२८ प्रतिलिटरको मूल्यको प्रज्ञानपत्र बुझाएर भन्सार जाँचपास गरेको क्रुडआयल अघिल्लो महिना बैशाखमा १४४.६७ रुपँैँया प्रतिलिटर मूल्यमा भन्सार जाँचपास गरेको देखिएको छ ।
कार्यालयका प्रमुख पोखरेलका अनुसार उत्पादन लागतलाई प्रभावपार्ने अन्य क्षेत्र बिद्युत शुल्क, मजदुर ज्याला, इन्धन र ढुवानी यथाअवस्थामै रहेका बखत कच्चामा बढेको मूल्यका आधारमा तोकिएको बिक्री मूल्य सरदर नै देखिएको छ ।

तर, कार्यालयले गरेको क्षेत्र भन्दा व्यापार ढंगबाट कच्चा पदार्थमा मात्रै भएको मूल्य बृद्धिले उत्पादन लागतमा पार्ने प्रभावसहितको समग्र विषयमा भने विभागले विशेष अध्ययन गरिरहेको पोखरेलले बताउनुभयो । त्यसमा कच्चा आयात गर्दा अन्तराष्ट्रिय बजारमा ढुवानी मूल्यको प्रभाव, आयातको प्रक्रियामा लाग्ने अन्य लागतसहितको विषय समेटिने पोखरेलको भनाई छ ।
नेपालमा भारतसहित ब्राजिल, अर्जेन्टिना, क्यानडा, अष्ट्रलिया तथा युक्रेन लगायतका देशबाट तेलको कच्चा पदार्थ आयात हुने गरेको छ । उद्योगीहरुले ढुवानी लगायतमा बढेको भाडाका कारण आगामी दशैंसम्ममा तेलको मूल्य ४०० रुपिँया प्रतिलिटर पुग्नसक्ने अनुमान गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्