‘वेस्ट पेपर’ पैठारीको बाटो खुलेसँगै अब नेपालमै गुणस्तीय कागज उत्पादन

‘वेस्ट पेपर’ पैठारीको बाटो खुलेसँगै अब नेपालमै गुणस्तीय कागज उत्पादन

विराटनगर । बजेटमा झुरा कागज (वेस्ट पेपर) को पैठारी गर्न पाउने प्रावधानले नेपालबाट कागज निर्यातको ढोका खुलेको उद्योगीहरुले दावी गरेका छन् । कागज उद्योग सञ्चालकले गुणस्तरीय कागजको उत्पादन र निर्यातको संभावना बढेको भन्दै त्यहि अनुसारको लगानी प्रोत्साहन बढेको बताएका हुन् ।

पैठारी सहज र झुरा कागजको निर्यातमा प्रति किलोग्राम ५ रुपिँया निकासी शुल्कलाई वृद्धि गरेर १० रुपिँया तोकिएको छ । यसले नेपालमै उत्पादन हुने झुरा कागज प्रयोगलाई प्रोत्साहन गरेको उनीहरुको बुझाई छ ।
विदेशबाट र स्वदेशमै उपलब्ध हुने झुरा कागज प्रशोधन गरेर गुणस्तरीय वस्तुको निर्यात तथा आत्मानिर्भर खपत बढाउन सक्ने संभावना बढेको छ, कागज उद्योगी मुरारि कोइरालाले भन्नुभयो–नेपालमा संकलित झुरा कागज ‘रिसाइक्लिङ’पछि विदेशबाट आयात गरेको झुरा कागज मिश्रण गरे राम्रो कागज उत्पादन हुनेछ । उहाँले ‘ब्राइटनेस’ का लागि नेपालमा प्रशोधित झुरामा १० देखि २५ प्रतिशत विदेशी झुरा कागजको मिश्रण गरेपछि गुणस्तरीय सामान उत्पादन हुने दावी गर्नुभयो । बजेट पूर्व झुरा कागजको पैठारीमा सरकारले रोक लगाएको थियो । देशभरका १६ मध्ये ८ उद्योग यसको मार खेप्दै बन्द भएका थिए ।

कच्चा आयातमा रोक लाग्दा गुणस्तरीय तयारी कागजको आयात र खपत हुने गरेको उद्योगीहरुको भनाई छ । नेपाल पल्प एन्ड पेपर म्यानुफ्याक्चरर्स एसोसिएसनले संस्थागत रुपमा समेत बजेटले तोकको नयाँ प्रावधानको सम्मान गरिसकेको छ । उद्योगी कोइरालाले आगामी साउन भदौदेखि अधिकांश कागज उद्योग पूर्ववत् सञ्चालन हुने विश्वास व्यक्त गर्नुभयो ।

सुनसरी–मोरङ करिडोर अन्तर्गत अरिहन्त अटो कोरुगेशनका सञ्चालक पारस लुनियाले झुरा कागज आयात गर्ने प्रावधानसँगै तयारी वस्तुको आयातमा सरकारले कडाई गर्नुपर्ने बताउनुभयो । उहाँले केहिवर्षमा नेपाली झुरा समेत गुणस्तरीय हुने बताउनुभयो । राम्रो र नराम्रो मिश्रण गरेर बनाएको कागज नेपालमा खपत बढ्छ, त्यसले यहाँका उद्योगहरुलाई राहत दिन्छ, उद्योगी लुनियाले भन्नुभयो–एकाध वर्षमा नेपाली उद्योगको खपत बढ्दै जाँदा रोजगारी समेत बढ्छ ।

चम्किलो कागजको माग धेरै हुने भएकोले अहिले नेपालको भन्दा भारतको कागजको खपत बढी हुने गरेको उहाँले बताउनुभयो । त्यसलाई विस्थापित गर्नका लागि झुरा आयात गरेर नेपालमै उत्पादन हुने बाटो मात्रै खुलेको छैन, उद्योगी लुनियाले भन्नुभयो–नेपाल भित्रै रहेको कच्चा उपयोगको संभावना बढ्नेछ । कागज मात्रै नभई कार्टुन उत्पादन गर्ने उद्योग समेत यसबाट लाभदायी बनेका हुन् । उद्योगी लुनियाले एकवर्ष अगाडी आयात गरेर भन्सारमा थन्किएको झुरा कागज समेत बजेटको यो प्रावधानले नेपाल भित्र्याउन सहजीकरण भएको उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्