फ्रन्टलाईनरको चित्रबारे काठमाडौं महानगर भन्छ: प्रतिबन्धित ठाउँमा बनाईएकाले मेटायौं

<span class='c1'>फ्रन्टलाईनरको चित्रबारे काठमाडौं महानगर भन्छ:</span> <span class='c2'>प्रतिबन्धित ठाउँमा बनाईएकाले मेटायौं</span>

भित्ते लेखन काठमाडौँ महानगरपालिकाको नीति विपरीत रहेको भन्दै रत्नपार्कको आकाशे पुलको पर्खालमा लेखिएको अभद्र नारा मेटिएको छ । कांग्रेस निकट नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)ले लेखेको अभद्र नारा कामपाले आज मेटेको हो । “विसं ‘२०५८ देखि हामीले कामपा क्षेत्रभित्र भित्ते लेखन, पोष्टर–पम्प्लेट टाँस्ने कार्यलाई प्रतिबन्ध लगाएका छौँ”, कामपाका नगर प्रहरी प्रमुख धनपति सापकोटाले भन्नुभयो ।

कोभिड–१९ महामारीको अग्रपङ्क्तिमा खटिएकाहरुको सम्मानमा बनाइएको चित्र बिहीबार कामपाले मेटिदिएको विरोधमा नेविसङ्घले कामपाको प्रमुखको नाममा त्यही भित्तामा अभद्र नारा लेखेर विरोध गरेका थिए । “विसं २०७० मा आएर हामीले ‘होर्डिङ बोर्ड फ्रि काठमाडौँ’ घोषणा गरेका थियौँ”, सापकाटोले भन्नुभयो, ‘त्यसैअनुरुप हामीले शहरी सौन्दर्यलाई प्रतिकूल असर गर्ने कार्यलाई प्रतिबन्ध गर्दै आएका छौँ ।” महामारीको अग्रपङ्क्तिमा खटिएकाहरुप्रति सम्मान रहेको भन्दै प्रतिबन्धित स्थानमा त्यस्तो गर्नु उचित नभएको कामपाको ठहर छ ।

नगर प्रहरी प्रमुख सापकोटाले भन्नुभयो, “सम्मानमा बनाएको चित्र आर्ट ग्यालरी वा अन्य ठाउँमा गएर विभिन्न माध्ययमबाट पनि बाहिर ल्याउन सकिन्छ । त्यही प्रतिबन्धित ठाउँ नै रोज्नुपर्ने कुनै कारण छैन । त्यहाँ मात्रै होइन हामीले अन्य ठाउँमा पनि मेटाएका छौँ । कसैप्रति लक्षित भएर हामीले मेटाएका होइनौँ । हाम्रो नीतिअनुसार गर्न नहुने काम भएकाले मेटाएका हौँ ।” नेविसङ्घले ‘विद्यासुन्दर शाक्य मुर्दावाद र काठमाडौँ महानगरपालिका मुर्दावाद’ भन्दै अभद्र नारा लेखेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्