डुवान समस्या !

<span class='c1'>डुवान समस्या</span> <span class='c2'>!</span>

पुरुशोत्तम भण्डारी
पहिले जनसंख्या पातलो थियो , भवनहरु कम थिए , खाली जमिन धेरै थियो र पानी ओरालो लागेपछी कतै अडिदैनथ्यो र डुवान हुदैनथ्यो ।

पहिलेपहिले कसैकसैका मात्रै घर- कम्पाउण्ड- वाल हुन्थे र पानी जम्न पाउदैनथ्यो तर अचेल ससाना प्लटमा पनि घर कम्पाउण्ड वाल हुन्छन र घरैपिच्छे पानीका आहाल या पोखरी हुन्छन , आफ्नै पर्खाल अनि आफ्नै पोखरी ।

पहिलेपहिले उच्च र समथर जमिन जहाँ घर बनाउन योग्य जमिन हुन्थ्यो त्यहाँ मात्रै घर बनाइन्थ्यो तर अहिले जुनसुकै ठाउँमा , गहिरा होचा धान खेतमा समेत घर बनाइन्छन र परिणामस्वरूप डुवान हुन्छ र भैरहेको पनि छ ।

नाला , खोल्सा , नदि अतिक्रमण गरेर घर बनाउने , तिनिहरु लाई नै पुरिदिएर सडक बाटो बनाइदिने कार्यले पनि पानीको निकास हुन नपाएर डुवान भैदिने गरेको पाइन्छ ।

चारकिल्ला घेरेजसरी वरिपरिका सडक यत्ती अग्ला/ होचा बनाइएका हुन्छन कि मानौं माछा पोखरी तैयार गरिएका हुन । सडकमा खण्ड खण्ड छुट्याएर पानी निकास हुने नाला नराख्नु पनि अर्को कारण हो , डुवानको ।

यी त केही उदाहरण मात्रै हुन । सम्झिदै जानुस अरु कुनकुन कुराहरुको कारणले , कस्ताकस्ता मुर्ख्याइले गर्दा आज जताततै डुवानको समस्या आइरहेको छ !

भन्नुहुन्छ होला लोभिपापी जनप्रतिनिधिको कारणले , भिजन नभएका इन्जिनियरले अनि ओभरशेयरले र ठेकेदारले मात्रै यस्तो बदमासी गरेर प्राकृतिक प्रकोपको जोखिम लाई नबुझ्नेले गैर- कानुनी कार्य गर्नाले पनि यो समस्या बढेको हो ।

हो , केही मात्रामा उनिहरु पनि जिम्मेवार छन , डुवानको समस्याको लागि । तर मेरो अनुभवमा त कस्तो पनि भोगेको छु भने पढेलेखेका / पढाउने शिक्षकले अग्रसरता लिएर निर्माण गराइएका बाटा- नाला पनि कुकार्यको चक्करमा फसेका छन , उनिहरुको द्रब्यलोभको कारणले पनि डुवान समस्या बढेका छन , फटाहा उपभोक्त समुहको कारणले ।

डुवानको समस्या अब देशब्यापी भैसकेको छ । बाढिपहिरो आउनु , डुवान हुनु त सामान्य कुरा हुनथालेको छ , किन ? किनकि जसलाई हेर्यो उसैलाई आफ्नो कामगर्न पाए , आफुखुशी भातनिती मिलाउन पाए पुग्यो । त्यसैले हामी सबै यसका दोषी छौं ।

२० बर्ष अघि मात्रै पनि यो समस्याको बारेमा राम्ररी सोचेर अध्ययन गरेर गुरुयोजना बनाएर शहरी ब्यबस्थापन गरिदिएको भए धेरै मात्रामा यो डुवान समस्या समाधान हुन्थ्यो । अब त उहि टाउकोमा हात राखेर रुनु र जनप्रतिनिधि लाई गालिगर्नु बाहेक अरु कुनै उपाय नै छैन ।

पुरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्