पूर्वका युवाले बनाए ‘ट्र्याकन जीपीएस’ नामक प्राविधिक ट्र्याकिंग उपकरण

पूर्वका युवाले बनाए ‘ट्र्याकन जीपीएस’  नामक प्राविधिक  ट्र्याकिंग उपकरण

विराटनगर

आकृति रानी फुयल

हामी सबैलाई थाहा छ कि गाडीहरू चाहे ती बाइक हुन् वा कार धेरै महँगो सम्पत्ति हुन्। हाम्रो देशमा एउटा मोटरसाइकलको औसत मूल्य साँढे तिन लाख पर्दछ, जो कुनै व्यक्तिको लागी एकैपटकमा तिर्न सकिने सानो रकम हैन। यदि कसैले एक पटकमा यति धेरै पैसा खर्च गरेर गाडी खरिद गर्दैछ भने, ति व्यक्तिले त्यो गाडी लामो समयको लागि प्रयोग गर्ने सोच राखेका हुन्छन, तर यदि कसैले तपाईंको गाडी खरीद गरेको भोलिपल्ट चोरी गरे भने? सामान्यतया, सवारी चोरीको बारेमा कल्पना मात्र गर्दा पनि कुनै पनि सवारी मालिकको दिमागमा डर उत्पन्न गराउन सक्छ।

इटहरीका युवाहरुले ति सबै समस्यालाई मध्यनजर गर्दै ट्र्याकन जिपिएस प्रा लि नामक कम्पनि संचालनमा ल्याएका छन्। सवारीसाधनको सुरक्षा कसरि गर्न सकिन्छ भनि आज बजारमा एक नयाँ ट्र्याकिंग प्रणाली प्रस्तुत गरेको छ । कम्पनीले 'ट्र्याकन जीपीएस' नामक ट्र्याकिंग उपकरण प्रदान गर्दछ, साथै जीपीएस मार्फत प्राप्त भाएको डेटालाई 'ट्र्याकन एप' मार्फत सजिलै सँग मनिटर गर्न सकिने समेत जानकारी संचालक समितिका सरोज राउतले जानकारी दिए।

हाम्रो ट्र्याकिंग उपकरणले तपाईंको आवश्यकताको आधारमा विस्तृत कार्यक्षमता प्रदान गर्न सक्दछ। यसमा रियल -टाइम ट्र्याकिंग, जियोफेन्स , ओभर-स्पीड अलर्ट, एन्टी -थेफ़्ट अलर्ट सहित एप मार्फत इञ्जन बन्द र पुन: सुचारु गर्न सकिनुको साथै अन्य धेरै सुरक्षाका विशेषताहरु समावेश गरिएको एक नेपालि कम्पनीले बनाएको प्राविधिक उपकरण भएको राउतले बताए।

कसरि यो आईडियाको सिर्जना भयो त?
पहिलो लकडाउनपछिको कुरा हो हाम्रो वरिपरिको स्थानहरुमा विभिन्न सवारी चोरीका घटनाहरु सार्वजनिक हुन थाले। भिभिन्न पत्रपत्रिका एवं अनलाईन न्यूजपोर्टलमा समेत दैनिक एकाध सवारी साधनहरु हराईरहेका, चोरी भईरहेका समाचार पढ्नपर्थ्यो, कहिँले काहिँ चोरी गर्ने गिरोह नै समातिएको खबर सार्वजानिक भएतापनि चोरी गरिएको गाडीहरु भने सकुसल भेट्न निकै नै मुस्किल पर्ने गर्थ्यो।

अझ सवारी चोरी गर्ने गिरोहमा स्थानीय ग्यारेज मेकानिकहरुको समेत संलग्नता देखिन थालेपछि त झन् गाडीहरु सिंगल पिसमा भेटिने कुरै भएन। यस्ता समाचारहरुले हामी आक्रोशित भएसँगै कतै हाम्रो साधन पनि चोरी हुने त हैन भन्ने डर मिश्रीत आभास समेत भईरहेको थियो। यसैक्रममा हामीले भिभिन्न ट्र्याकिंग डिभाईसको अनलाईन खोजि गर्न थाल्यौं।

हामीले एउटा डिभाईस दराज भन्ने अनलाईन प्लाटफर्मबाट खरिद पनि गर्यौं र चलायौँ पनि तर चाइनिज सर्भर साथै चित्तबुझ्दो मोबाइल एप नभएका कारण जीपीएस एकुरेट नहुने र डेटा समेत ढिलो प्राप्त हुने समस्याको सामना हामीले गर्नुपर्यो। केहि नेपाली जीपीएस प्रदायकहरु पनि थिए तर उनीहरुको शुल्क ज्यादै महँगो भएका कारण हामीले चाइनिज जीपीएस प्रदायक चयन गर्नुपरेको थियो र यस्तै अनेकन कठिनाई एवं आफुले चाहेजस्तो ट्र्याकिंग समाधान नभेटेका कारण सिर्जना भयो ट्र्याकन जीपीएसको आईडिया।

ट्र्याकन प्रालिको मुख्य उद्देश्य के रहेको छ त ?
हाम्रो उद्देश्य भनेको नेपालमा प्रभावशील जीपीएस ट्र्याकिंग तथा नेभिगेसन, सवारी सुरक्षा प्रणाली एवं व्यक्तिगत सुरक्षाको क्षेत्रमा अग्रणी स्थान हासिल गर्ने हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्