प्रतिनिधिसभा आकस्मिक समय :अमेरिकी सहयोग बारे श्वेतपत्र जारी गर्न माग

<span class='c1'>प्रतिनिधिसभा आकस्मिक समय :अमेरिकी सहयोग</span> <span class='c2'>बारे श्वेतपत्र जारी गर्न माग</span>

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदले नेपालले पाएको अमेरिकी अनुदान सहयोगबारे नेपाल सरकारले श्वेतपत्र जारी गर्नुपर्ने माग गर्नुभएको छ ।

बैठकको आकस्मिक समयमा सांसद रामहरी खतिवडाले अमेरिकाले नेपाललाई प्रदान गरेको अनुदान सहयोग दुरुपयोग भयो भनेर प्रश्न उठिरहेका बेला कुन निकायबाट कस्तो कामका लागि कति खर्च भएको हो भनेर विस्तृत विवरण सार्वजनिक हुनुपर्ने माग गर्नुभयो । उहाँले भन्नुभयो, “अमेरिकी सहयोग बारे श्वेतपत्र जारी गरियोस् । गैरसरकारी सस्था वा अन्तराष्ट्रिय गैरसकारी सस्था मार्फत् प्राप्त भएको रकमबारे स्पष्ट जानकारी दिइयोस् ।” उहाँले अमेरिकाले अवैधानिक रूपमा बसेका नेपालीलाई नेपाल फिर्ता पठाइएको र पत्रकारले प्रश्न गरेकै आधारमा संसद्को पास स्थगन गरिएको भन्ने विषय उठान बारे पनि उहाँले सदन मार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो ।

बैठकमा सांसद देवेन्द्र पौडेलले पनि अमेरिकाबाट हालसम्म ३५ नेपाली नागरिक नेपाल फिर्ता भएको उल्लेख गर्नुहुँदै विभिन्न देशमा रहेका नेपाली नागरिकलाई स–सम्मान स्वदेश फिर्ताका लागि सरकारले परराष्ट्र मन्त्रालयमार्फत् पहल गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “दुवई, जापान, क्यानडा, कोरियालगायत मुलुकबाट नेपालीलाई डिपोर्ट गरिएको छ । त्यहाँ समस्यामा परेका नागरिकलाई फिर्ता गर्नका लागि परराष्ट्र मन्त्रालयमार्फत् पहल गरिनुपर्छ ।”
सांसद हरी ढकालले एलपी ग्यास व्यवसायीले कमिसन बढाउन सरकारलाई दबाव दिएकै आधारमा मूल्य बढाउने र बजारमा कृतिम अभाव सिर्जनाको स्थिति बनेको बताउनुभयो । त्यस्तै, सार्वजनिक लेखा समितिले सिमेन्टको मूल्य घटाउन भनेर सरकारलाई निर्देशन दिएकोमा हालसम्म पनि कार्यान्वयन हुन नसकेको बताउनुभयो । उपभोग्य वस्तुमा अत्याधिक मूल्यवृद्धि भएको धारणा पनि उहाँले राख्नुभयो ।

सांसद माघव सापकोटाले सरकार र शिक्षक महासङ्घबीच गतवर्ष भएको सहमति कार्यान्वयनका लागि आग्रह गर्नुभयो । शिक्षकले गतवर्ष पनि आन्दोलन गरेको र त्यसपछि सरकारसँग सहमति भएकोमा त्यसलाई कार्यान्वयन गर्न नसक्दा फेरी आन्दोलित भएको उहाँको भनाइ छ । शिक्षक महासङ्घले अहिले फेरी आन्दोलनको तयारी गरिरहेको बताउनुहुँदै उनीहरुको जायज माग पूरा गर्न आग्रह गर्नुभयो ।

सांसद अमरेशकुमार सिंहले स्वास्थ्य मन्त्रालयको सचिव नियुक्तिमा सरकारले संविधान मिचेको आरोप लगाउनुभयो । सचिवमा वरिष्ठ कर्मचारीलाई सचिव नियुक्त नगरेर कनिष्ठलाई नियुक्त गरेको तथा आदीवासी जनजाति, मधेशी, महिलाप्रति पूर्वाग्रह राखेको भन्दै स्वास्थ्य मन्त्रीको राजिनामासमेत उहाँले माग गर्नुभयो ।

सांसद लालप्रसाद सावा लिम्बूले झापाको शिवसताक्षी ११ को क्याम्ब्रिज स्कुलको दुईवटा बस जलेको विषय संसदमा उठान गर्नुभयो । उहाँले समग्र विद्यालयको सुरक्षा संवेदनशीलताको विषय संसद्मा राख्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्