विराटनगर भन्सारबाट भिसिटीएसमा प्रविष्ट नै नभएका सवारी र मालवस्तु जाँचपास, राजश्वले भन्सार प्रशासन विरुद्ध उठायो प्रश्न

विराटनगर भन्सारबाट भिसिटीएसमा प्रविष्ट नै नभएका सवारी र मालवस्तु जाँचपास, राजश्वले भन्सार प्रशासन विरुद्ध उठायो प्रश्न

विराटनगर । सरकारले मालवस्तुको ढुवानीमा राजश्व चुवाहट रोक्न भिसीटिएस (भेहिकल, कन्साइमेन्ट ट्रयाकिङ्ग सिस्टम–मालवस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली) कार्यन्वयनमा ल्याएपनि भन्सारसँगको ‘सेटिङ’मा सवारी तथा मालवस्तुको बिना प्रविष्ट नै भन्सार जाँचपास हुने गरेको पाइएको छ । जसका कारण मूल्य अंतिक उल्लेख भएका वस्तुको समेत न्यून बिलबिजकीकरणमा भन्सार प्रशासनकै मिलेमतो देखिएको छ ।

विराटनगर भन्सार कार्यालयबाट न्यून मूल्यांकमा जाँचपास भईसकेको दुई ट्याक्टर सामान भन्सार छलेको आशंका गर्दै राजश्वले नियन्त्रणमा लिएपछि उक्त सवारी साधन र सामान भिसिटीएसमा प्रविष्ट भेटिएको छैन । जसका कारण राजश्व अनुसन्धान इकाई कार्यालयले भन्सार प्रशासनलाई समेत कारोबारीसँग मिलेमतो गरेर कम मूल्यांकनमा सामान छोडने गरेको भन्दै आशंका गरेको छ ।

राजश्व अनुसन्धान विभागले भिसिटीएसको अनुगमन र कार्यन्वयन गर्ने जिम्मेवारी पाएको छ । एक ठाउँबाट अर्को ठाउँमा मालसामान ओसारपसार गर्नुपूर्व ढुवानी गरिने वस्तुको विवरण राजश्वको केन्द्रीय सूचना प्रणालीमा प्रविष्ट गर्नुपर्ने हुन्छ । यदि यस्तो नगरिए मालवस्तु बोकेको सवारी कहाँ पुग्यो र त्यहाँ के सामान थियो भन्ने यकिन हुँदैन ।
तर, आइतबार राती १० बजे राजश्व अनुसन्धान इकाई कार्यालय इटहरीले नियन्त्रणमा लिएको दुईवटा ट्याक्टर र सामानको विवरण प्रविष्ट नै गरेको पाइएको छैन । भन्सार बिन्दुमा न्यून मूल्यांकनमा जाँचपास गरिएको कपडा, मिलमेशिनगरी, पाइप समेत रहेका दुईवटा गाडीकै विवरण भिसिटीएसमा नभेटिएपछि विराटनगर भन्सार कार्यालयको कार्यशैलीप्रति प्रश्न उब्जिएको हो ।

संस्थागत मिलेमतो देखियो, राजश्व अनुसन्धान इकाई कार्यालय इटहरीका प्रमुख दिपक खड्काले भन्नुभयो–व्यवसायी आफैंले प्रविष्ट गर्नुपर्ने हो, नत्र भन्सार बिन्दुमा भन्सार कार्यालयले गराउनु पर्ने थियो । सामान भन्सार परिसरबाट बाहिर निस्किसकेपछि राजश्व इकाई, भन्सार राजश्व गस्ती र नेपाल प्रहरीको टोलिले नियन्त्रणमा लिएर अनुसन्धानपछि मात्रै भिसिटीएसमा गाडी तथा मालवस्तुको विवरण फेला नपारिएको थियो ।
राजश्व अनुसन्धान इकाई कार्यालयका प्रमुख खड्काका अनुसार भारतीय नम्बर प्लेटको बीआर ५० जी ५०५३ र को १ त ६८११ नम्बरको ट्याक्टर भन्सार बिन्दुमा जाँचपासपछि छुटेको थियो । त्यस क्रममा भन्सार कार्यालयबाट मुख्य राजमार्गसम्म आउने आईसीपी सडक खण्डमा गाडी नियन्त्रणमा परेको थियो ।

सामानमा प्रतिइकाई मूल्य अंतिक स्टिकरण् स्पष्ट भएपनि भन्सार कार्यालयले एकसय रुपिँयाको मूल्यांकनमा मात्रै कपडा छोडेको पाइएको छ । दुईवटा ट्याक्टरमध्ये एउटाको मात्रै प्रज्ञापनपत्रमा सामान छुटेको थियो । कपडा भनेर न्यून भन्सार जाँचपासमा गरिएको ट्याक्टरभित्र कपडाले छोपेर मेशिनरी आईटम, पाइप आईटम रहेको राजश्व अनुसन्धान इकाईका प्रमुख खड्काले दावी गर्नुभयो । भारतीय कम्पनिका कपडामा ३७९, ४५० र ५९९ रुपिँया मूल्य अंकित स्टिकर टाँसिएपनि एकसय रुपिँया मात्रै मूल्यांकन गरिएको पाइएको छ ।

विराटनगर–६ सरोचियास्थित अली ट्रेडर्सका अकबर अलीले आयात गर्नु भएको दुई ट्याक्टर सामानको भन्सार बिन्दुमा १ लाख २२ हजार रुपिँया मात्रै महसुल बुझाइएको छ । राजश्व अनुसन्धानले नियोजित रुपमा भन्सार प्रशासनको समेत संलग्नतामा सामान भित्र्याइएको आशंका गरेको छ । नियन्त्रणमा लिइएको ट्याक्टरसहितको सामानको विषयमा राजश्व अनुसन्धान इकाई कार्यालय इटहरीले अनुसन्धान सुरु गरेको छ । व्यवसायी अलीले भने विपक्षीहरुले बेकारमा दुःख मात्रै दिएको आरोप लगाउनुभयो ।

तर, भन्सार कार्यालय विराटनगरका प्रमुख भन्सार अधिकृत शिवप्रसाद भण्डारीले संलग्नता पुष्टि भएको अवस्थामा कर्मचारीको छानविन गरिने दावी गर्नुभयो । यस अगाडी समेत अलीले भन्सार छलेर भण्डारण गरिएको दशलाख बराबरको कपडा नेपाल प्रहरीले गोदामबाटै बरामद गरेको थियो । अली विराटनगरका व्यापारीसँगै भन्सार एजेन्टका प्रतिनिधि भएर भन्सार क्षेत्रमा काम गर्दै आएका छन् ।
विराटनगर भन्सार कार्यालयले गत आर्थिक वर्ष निर्धारित लक्ष्यको १२ प्रतिशत न्यून राजश्व संकलन गरेको थियो । भन्सार कार्यालयका सूचना अधिकृत सन्तोष यादवले भने न्यून भन्सार राजश्व असुलीसँग कम मूल्यांकनको एउटा घटनालाई जोड्न नमिल्ने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्