थाहा नगरपालिकाद्वारा गठित न्यायिक समितिको ३० वटा मुद्दाको फैसला

<span class='c1'>थाहा नगरपालिकाद्वारा गठित न्यायिक समितिको</span> <span class='c2'>३० वटा मुद्दाको फैसला</span>

टिस्टुङ

मकवानपुरको थाहा नगरपालिकाद्वारा गठित न्यायिक समितिमा परेका मुद्दामध्ये आर्थिक वर्ष २०७७÷७८ मा ३० वटाको फैसला भएको छ । ती मुद्दा मेलमिलापको विधिबाट निरुपण गरिएका हुन् । समितिमा एक वर्षभित्र विभिन्न किसिमका ४६ मुद्दा परेको न्यायिक समितिका कानूनी सहजकर्ता गोपीकुमारी कार्कीले जानकारी दिनुभयो ।

अघिल्लो आवमा विचाराधीन रहेकासमेत गत आवमा न्यायिक समितिमा विभिन्न आठ किसिमका उजूरी परेका थिए । दर्ता भएका मुद्दामध्ये तीनवटा अदालत पठाइएको नगरपालिकाका उपप्रमुख एवम् न्यायिक समितिका संयोजक खड्गबहादुर गोपालीले जानकारी दिनुभयो । न्यायिक समितिमा उजूरी दिएर तारिख नबुझेको र सम्पर्कमा नआएको मुद्दा सातवटा रहेका छन् ।

त्यसैगरी आठवटा मुद्दा विचाराधीन रहेका छन् । न्यायिक समितिका कानूनी सहजकर्ता कार्कीका अनुसार समितिमा दर्ता भएका उजूरीमध्ये सबैभन्दा बढी जग्गाको साँध–सिमानासम्बन्धी छन् । एक आवमा १७ मुद्दा जग्गासम्बन्धी दर्ता भएको समितिले जनाएको छ । त्यसैगरी १० जग्गा रोक्कासम्बन्धी, ६ आर्थिक लेनदेनसम्बन्धी र चार अंशसम्बन्धी छन् ।

समितिमा ज्येष्ठ नागरिकको हेरचाह नगरेको मुद्दासमेत परेको छ । गत आव त्यस्ता तीन मुद्दा दर्ता भएका छन् । त्यसैगरी श्रीमान्–श्रीमती झैझगडाका मुद्दा तीन, साधारण कुटपिटका मुद्दा दुई र ज्याला विवादसम्बन्धी मुद्दा एकवटा दर्ता भएको उहाँले जानकारी दिनुभयो । समितिमा आएका मुद्दा सकेसम्म मेलमिलापको माध्यमबाट निरुपण गर्ने गरिएको समितिका संयोजक गोपालीले जानकारीदिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्