उपभोत्तालाई ठगी गर्ने ५२ वटा फर्म कारबाहीमा, १९ लाख ५ हजार राजस्व संकलन

उपभोत्तालाई ठगी गर्ने ५२ वटा फर्म कारबाहीमा, १९ लाख ५ हजार  राजस्व संकलन

विराटनगर । वाणिज्य, आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले एक वर्षमा ५२ वटा व्यवसायिक फर्मलाई कारवाही गरेको छ ।
आर्थिक वर्ष २०७७÷०७८ मा २ सय २ वटा फर्महरू अनुगमन गरेको मध्ये नियम विपरीत चलेका र आम उपभोत्तालाई ठगी गर्ने ५२ वटा फर्मलाई कारवाही गरेको छ ।
कारवाहीमा परेका उद्योग र पसलहरू रहेका छन् । वाणिज्य कार्यालयले मंगलबार पत्रकार सम्मेलन गरि ५२ वटा फर्मलाई कारवाही गर्दा १९ लाख ५ हजार रुपैयाँ राजस्व संकलन गरेको जानकारी गराएको छ ।
गत वर्ष २२ वटा फर्म कारवाही गरेको थियो भने आर्थिक वर्षमा झण्डै तेब्बर कारवाहीमा परेका हुन् । आर्थिक वर्ष वाणिज्य कार्यालयले ठूला सपिङ सेन्टरहरूलाई पनि कारवाहीको दायरमा ल्याएको छ ।


म्याद गुज्रिएको खाद्यबस्तु विक्री वितरण गर्नेदेखि खरिद गरेको भन्दा अत्याधिक मुनाफा गरि कालोबजरी गर्नेसम्म ठूला सम्पिङ्ग सेन्टरहरूलाई वाणिज्य कार्यालयले कारवाहीको दायरमा ल्याएको छ । आर्थिक वर्षमा ६ वटा ठूला व्यवसायिक फर्मलाई वाणिज्य कार्यालयले कारवाही गरेको हो । जसमा जैसानी टे«ड कन्सनलाई ३ लाख रुपैयाँ जरिवना गरेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरका निमिक्त कार्यालय प्रमुख सन्तोष पोखरेलले जानकारी दिनुभयो।
यस्तै बिके मसाला उद्योग, सेन्टर बजार प्रालि, अंश लघु घरेलु उद्योग, विज्ञान फार्मेशी, बबिता सर्जिकल हाउसलाई जनही २ लाख रुपैयाँ जरिवना गरिएको वाणिज्यका निमिक्त कार्यालय प्रमुख पोखरेलले बताउनुभयो । आर्थिक वर्षमा १ हजार ८ सय ३९ वटा नयाँ पर्म दर्ता भएका छन् । नविकरण÷ संशोधन ३ हजार ३ सय ६ र खारेजी २ सय वटा फर्म भएको वाणिज्य कार्यालये जनाएको छ ।
प्रदेश १ को १४ जिल्ला कार्यक्षेत्र भएपनि बिगतका वर्षहरूमा मोरङमा मात्र वािणज्यले अनुगमन गर्दै आएको थियो । तर आर्थिक वर्षमा मोरङ बाहेकका ६ जिल्लाहरूमा पनि बाणिज्यले अनुगमन गरेको छ । जसमा सुनसरी, झापा, धनकुटा, इलाम, पाँचथर र उदयपुरमा पनि बजार अनुगमन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्