विराटनगरको ग्रिनल्याण्ड कलेजद्धारा उत्कृष्ट हुने विद्यार्थीलाई सम्मान

<span class='c1'>विराटनगरको ग्रिनल्याण्ड कलेजद्धारा उत्कृष्ट</span> <span class='c2'>हुने विद्यार्थीलाई सम्मान</span>

विराटनगर । विराटनगर – ९ मा रहेको ग्रिनल्याण्ड कलेजले ४१ जना विद्यार्थीलाई सम्मान गरेको छ । पुलचौक इन्जिनियरिङ कलेज सहित विभिन्न कलेजमा नाम निकाल्न सफल भएका उत्कृष्ट ४१ विद्यार्थीलाई कलेजले मंगलबार एक कार्यक्रम आयोजना गरि सम्मान गरेको हो ।
कलेजले इन्जिनियरिङतर्फ नाम निकाल्दै छात्रवृत्ति पाउन २४ जना, बीबीएमा ८ र बीएससी एजीमा छात्रवृत्ती पाउने ८ जना गरि ४१ जना विद्यार्थीलाई कलेज परिसरमा सम्मान गरेको ग्रिनल्याण्ड कलेजका प्रिन्सिपल दिपक पोखरेलले जानकारी दिए । सम्मानित हुने विद्यार्थीहरूलाई कलेजले मायाको चिनो र फुलको गुच्छाले सम्मान गरेको थियो । उनीहरूलाई कलेजका प्रिन्सिपल पोखरेल, संचालकहरू दिनेश दाहाल, रविन्द्र घिमिरे, राजिव मिश्रालगायतले सम्मान गरेका थिए । गुणस्तरीय शिक्षा प्रदान गर्ने ग्रिनल्याण्डले प्रत्येक वर्ष उत्कृष्ट नतिजा पनि ल्याएको आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्