दृष्टिविहिनहरुका लागि अगरबत्ति तालिम संचालन

दृष्टिविहिनहरुका लागि अगरबत्ति तालिम संचालन

द लेप्रोसी मिसन नेपालले बिशेष गरि अपाङ्गता भएका व्यक्तिहरुलाइ औपचारिक रोजगार संग जोड्नका लागी वा स्वरोजगार बन्न फाउण्ड परियोजना मार्फत बिभीन्न सिप मुलक तालिमहरु संचालन गर्दै आएको छ ।

उक्त कार्यक्रम अनुरुप विराटनगर ५ मा रहेको गौरीभक्त होटेल म्यानेजमेन्ट एण्ड ट्रेनिंग सेन्टरमा दृष्टिबिहीन व्यक्तिहरुका लागि अगरबत्ती उत्पादन सम्बन्धि तालिम संचालन गरिरहेको छ । उक्त तालिममा विराटनगर महानगरपालिका र आसपासका पालिकाहरु बाट प्रशिक्षार्थीहरुले अगरबत्ति बनाउने तालिम लिई रहेका छन् । सो तालिम द लेप्रोसी मिसन नेपालले फाउण्ड परियोजना मार्फत गौरीभक्त होटेल म्यानेजमेन्ट एण्ड ट्रेनिंग सेन्टरको भौतिक संरचना र पूर्वाधारको सहयोगमा तालिम संचालनमा आएको हो ।

तालिममा प्रशिक्षण दिने प्रशिक्षक नारायण शर्मा आफै दृष्टिबिहिन हुन् उनले सोहि ठाउँमा प्रशिक्षार्थी भएर तालिम लिई आफु स्वरोजगार भई अहिले उनि प्रशिक्षक भएर अरु दृष्टिबिहीनहरुलाई प्रशिक्षण दिई रहेका छन् । सुरुमा सिकाउन सक्दिन कि जस्तो मनमा लागेको थियो तर अहिले दृष्टिबिहीन भएता पनि अरुलाई सिकाउन सक्ने रहेछु भन्ने आत्मबल आफुमा आएको प्रशिक्षक शर्माले बताए ।

सोहि तालिममा सहभागी भएका प्रशिक्षार्थी भरत चौधरीले तालिम पाएर जिबिकोपार्जन गर्न सक्षम भएकोमा खुसि व्यक्त गरे ।

दृष्टिबिहिन भएका व्यक्तिहरुलाई लागि प्राथमिकता दिदाँ समाजमा सकारात्मक सन्देश गएको गौरिभक्त होटेल म्यानेजमेन्ट एण्ड ट्रेनिंग सेन्टरका तालिम संयोजक शान्तिराम खनालले बताए ।

द लेप्रोसी मिसन नेपालले ६ देखि ७ महिनाको प्रयासमा अहिले सम्म रोजगारीका लागि ६४ जना लाइ बिउ पुजी वितरण, सहायक सामाग्री मार्फत ५ जना लाई सहयोग गरि, संस्थाले अहिले सम्म १४ जनालाइ ओ.जे.टी मार्फत औपचारिक रोजगारमा आवद्ध गराइसकेको द लेप्रोसी मिसन नेपाल प्रदेश १ का प्रमुख बिपिन दासले जानकारी दिए ।

मिसनले अहिले विराटनगर ५ मा रहेको गौरी भक्त होटेल म्यानेजमेन्टमा अगरबत्ती उपादन साथै ग्राफिक्स डीजाइनिंगको तालिम, विराटनगरकै रानीमा अपाङ्गता भएका महिलाहरुलाई सिलाई कटाई सम्बन्धि तालिम, बेलबारीमा बेसिक कम्प्युटर ज्ञान सम्बन्धि तालिम र मोरंगको सुनबर्षी नगरपालिकामा ढाका बुनाइ सम्बन्धिको तालिम संचालन गरिरहेको छ । ति तालिमहरुबाट ४६ जना अपाङ्गता भएका व्यक्तिहरुले प्रशिक्षण लिइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्