बीपी प्रतिष्ठान धरानको समस्या समाधान गर्न छानविन समितिले काम थाल्यो

बीपी  प्रतिष्ठान धरानको समस्या समाधान गर्न छानविन समितिले काम थाल्यो

धरान

सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको समस्या समाधान गर्न गठित उच्चस्तरीय कार्यदलले छानबिन थालेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव बैकुण्ठ अर्याल संयोजक रहेको आठ सदस्यीय टोलीले प्रतिष्ठानमा छानबिन थालेको हो । ३५ दिनदेखि प्रतिष्ठान सुधारको माग राखेर आन्दोलन थालेका चिकित्सक, नर्स र कर्मचारीलाई टोलीले भेटेको छ । प्रतिष्ठानमा भएको अनियमिता, पदाधिकारीको कामकारबाहीका विषयमा छानबिन गरी प्रधानमन्त्री समक्ष प्रतिवेदन बुझाउने टोलीका संयोजक अर्यालले बताउनुभयो ।

प्रतिष्ठानमामा अनियमिता बढेको भन्दै उपकुलपति ज्ञानेन्द्र गिरी, शिक्षाध्यक्ष डाक्टर गुरु खनाल। रजिस्ट्रार डा। मोहनचन्द्र रेग्मी र निर्देशक डा। गौरीशंकर साहको राजीनामा माग गर्दै कर्मचारीहरुले आन्दोलन गरिरहेका छन् । -नेपाल टेलिभिजन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्