मेलम्चीलाई पनि ‘इन्द्रेणी’को १८ लाख ३६ हजार १ सय ५रुपैयाँ आर्थिक सहयोग

मेलम्चीलाई पनि ‘इन्द्रेणी’को  १८ लाख ३६ हजार १ सय ५रुपैयाँ  आर्थिक सहयोग

सिन्धुपाल्चोक

टेलिभिजन कार्यक्रम ‘इन्द्रेणी’का अध्यक्ष कृष्ण कँडेलले विपद्ग्रस्त क्षेत्र मेलम्चीका प्रभावितका लागि १८ लाख ३६ हजार १ सय ५रुपैयाँ नगद सहयोग गर्नुभएको छ । कँडेलले उक्त रकम आज मेलम्ची नगरपालिका प्रमुख डम्बर अर्याललाई हस्तान्तरण गर्नुभएको हो ।

उक्त रकम गत असार १ गते आएको बाढीका कारण मेलम्ची नगरपालिकामा पुर्णरूपमा क्षति भएका मध्यका पनि अति प्रभावित कमल श्रेष्ठ, ङयन्द्र प्र. दुलाल, हिराकाजी श्रेष्ठ, रामजी श्रेष्ठ र मछिन्द्र श्रेष्ठ लाई रु, ३ लाख ६७ हजारका दरले घर निर्माणका लागि प्रदान गरिएको अध्यक्ष कृष्ण कँडेलले जानकारी दिनुभयो ।

उक्त अवसरमा कँडेलले रेडियो मेलम्चीलाई ५० हजार रुपैयाँ प्रदान गर्नुभएको छ । स्विडेनमा रहनुभएका हेलम्बु गाउँपालिका–६ निवासी कृष्ण केसीको नेतृत्वमा सङ्कलन गरिएको रु १५ हजारसहित रु ५० हजार कँडेलले रेडियो मेलम्चीका अध्यक्ष डम्बर रसिक भारतीलाई हस्तान्तरण गर्नुभएको हो ।

मङ्गलवार हेलम्बु गाउँपालिकाका १७ परिवारको अस्थायी आवास निमार्णका लागि कडेंलले ६२ लाख रुपैंया हस्तान्तरण गर्नुभएको थियो । - रेडियो नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्