विराटनगर
मध्यपश्चिम विश्वविद्यालयका एकजना डीनले अध्ययन बिदा लिएर राजनीतिक नियुक्ति लिएका छन् | इन्जिनियरिङ संकायका डीन अनन्तराज घिमिरेले अध्ययन बिदा लिएर ऊर्जा मन्त्रालय अन्तर्गतको विद्युत उत्पादन कम्पनी लिमिटेडको म्यानेजिङ डाइरेक्टर (प्रबन्ध निर्देशक) पदमा राजनीतिक नियुक्ति लिएका हुन् ।
सो कम्पनीको अध्यक्ष ऊर्जा मन्त्रालयको सचिव हुने व्यवस्था छ तर यहाँ विश्वविद्यालयका सहप्राध्यापक घिमिरेले नियुक्ति लिएको खुल्न आएको छ।