लामो दुरीका यातायात सञ्चालन गर्ने सरकारको निर्णय

<span class='c1'>लामो दुरीका यातायात सञ्चालन</span> <span class='c2'>गर्ने सरकारको निर्णय</span>

काठमाडौँ

सरकारले लामो दुरीका यातायात सञ्चालन गर्ने निर्णय गरेको छ ।मन्त्रिपरिषद् बैठकले मुलुकभर लामो तथा मध्यम दूरीका सार्वजनिक यातायात खुल्ला गरेको हो । गृह मन्त्रालयले साउन ५ गते सबै जिल्ला प्रशासन कार्यालय र प्रहरी प्रधान कार्यालयलाई पठाएको परिपत्रमा उक्त ब्यहोरा उल्लेख छ ।

साउन ४ गते निर्णय कार्यान्वयन गर्न क्याबिनेटबाट प्राप्त पत्रको आधारमा गृहले लोकसेवा आयोग, विश्वविद्यालयलगायतका निकायबाट परीक्षाको कार्यक्रम सार्वजनिक भएको अवस्थामा सबै यातायात खुल्ला राख्न आदेश दिएको हो । गृहको परिपत्रमा देशका विभिन्न भागबाट परीक्षार्थीहरूको आवागमन समेतलाई दृष्टिगत गरी जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना हुने गरी मध्यम तथा लामो दूरीका सार्वजनिक यातायात सञ्चालन गर्ने आवश्यक भएकाले सोही अनुसारको व्यवस्था मिलाउन निर्देशन दिइएको छ ।
-रेडियो नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्