विराटनगर
विराटनगर स्थित नोबेल शिक्षण अस्पतालका संचालक एवं मेडिकल शिक्षा व्यवसायी डा. सुनील शर्माले नेपालगञ्ज स्थित नेपालगञ्ज मेडिकल कलेजको आधा भन्दा बढी शेयर खरिद गरेका छन्। शर्माले दुई अर्ब मूल्यांकन गरिएको उक्त कलेजको ५५ प्रतिशत स्वामित्व खरिद गरेका हुन् |