आफूहरुलाई एमाले छाड्ने रहर छैन : पुर्व प्रधानमन्त्री नेपाल

आफूहरुलाई एमाले छाड्ने रहर छैन : पुर्व प्रधानमन्त्री नेपाल

काठमाडौं

नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफूहरुलाई एमाले छाड्ने रहर नभएको बताउनुभएको छ । नेता नेपालले दास हुने व्यक्ति कम्युनिष्ट हुन नसक्ने समेत उल्लेख गर्नुभयो । पुष्पलाल स्मृति दिवसका अवसरमा काठमाडौंमा बिहीबार बिहान भएको कार्यक्रममा नेता नेपालले तर अपमान सहेर नबस्ने उल्लेख गर्नुभयो । ‘नेतृत्व रुपान्तरण हुन्छ, सुध्रिन्छ भने ठीक छ, बनेको घरबाट कोही पनि बाहिर निस्किदैन,’ उहाँको भनाइ थियो, ‘तर, अपमान सहेर कोही पनि बस्दैन । त्यो प्रशिक्षण पाएका छौं ।’

नेता नेपालले आफूलाई केही सातादेखि जनै खटिराले दुःख दिएको प्रसंग निकाल्दै पार्टीमा पनि समस्या भए समाधान गर्नुपर्नेमा जोड दिनुभयो । ‘जनै खटिरा कति पिडादायी हुन्छ मैले भोगेको छु, पार्टीमा पनि खाउ खटिरा छन् भने निको पार्नुपर्छ, औषधिले निको पार्नुपर्छ,’ नेता नेपालले भन्नुभयो । नेता नेपालले सुध्रिन चाहने मान्छेहरुले कमी कमजोरी हटाउने आँट गर्नुपर्ने बताउनुभयो । -नेपाल टेलिभिजन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्