समयमै मर्मत नहुँदा बनेपा-पनौती सडकमा यात्रुले दैनिक सास्ती खेप्न बाध्य

<span class='c1'>समयमै मर्मत नहुँदा बनेपा-पनौती सडकमा</span> <span class='c2'>यात्रुले दैनिक सास्ती खेप्न बाध्य</span>

काभ्रे

समयमै मर्मत नहुँदा बनेपा-पनौती सडकमा यात्रुले दैनिक सास्ती खेप्ने गरेका छन् । बर्षाका जमेको पानी, हिलो र घाम लाग्दा धुलोको कारण सास्ती खेप्नुपरेको हो । ६ किलोमिटर दुरीको सडक पार गर्न अहिले १ घण्टा बढी लाग्छ । बाटो निर्माणका लागि करिब १० करोड विनियोजन भएको भएपनि व्यवसायीले विभिन्न बहाना बनाइ समयमा नै काम नगर्दा बिजोग भएको हो । सडकमा अहिले पानीको ताल र साना सवारी साधन गाडिने खाल्डा बनेको छ ।

निर्माण व्यवसायीले वास्ता नगरेको र स्थानीयले सास्ती खेप्नु परेको भन्दै नगरपालिकाले १ सय टिपर गाभ्रेल हालेको बताएपनि स्थानीयहरुले माटो धेरै भएको कारण झन् हिलो भएको बताउँछन् । नगरप्रमुख भीम न्यौपाने बर्षाभर केही गर्न नसकिने भन्दै भदौबाट कालोपत्रे गर्न शुरु गर्ने बताउनुहुन्छ । सडकमा दैनिक १ हजार नीजि सवारी साधन, १ सय भन्दा बढी सार्वजनिक यातायात र १ हजार भन्दा बढी टिपर चल्ने गरेका छन् । क्षमता भन्दा बढी सामान बोकेर आउने टिपरका कारण सडक थप नाजुक बन्दै गएको स्थानीयको गुनासो छ । -नेपाल टेलिभिजन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्