प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै

<span class='c1'>प्रतिनिधिसभाको बैठक आज दिउँसो</span> <span class='c2'>१ बजे बस्दै</span>

काठमाडौँ

संघीय संसद प्रतिनिधिसभा बैठक आज (शुक्रबार) बस्दै छ । बैठक दिउँसो १ बजे बैठक बस्ने छ । आजको बैठकमा नव नियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई दलका नेताहरुले बधाई एवं शुभकामना दिने कार्यसूची रहेको छ ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले महालेखा परीक्षकको ५७ औं वार्षिक प्रतिवेदन पेश गर्ने र राज्य व्यवस्था तथा सुशासन समितिको कारागार विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७८ पेश गर्ने कार्यसूची रहेको छ । -रेडियो नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्