च्याउ खेतीले सफलता दिएसँगै उत्तरी रसुवामा व्यावसायिक उत्पादन सुरु

<span class='c1'>च्याउ खेतीले सफलता दिएसँगै </span> <span class='c2'>उत्तरी रसुवामा व्यावसायिक उत्पादन सुरु</span>

रसुवा

उत्तरी रसुवामा पहिलो पटक परीक्षण गरिएको च्याउ खेतीले सफलता दिएसँगै व्यावसायिक उत्पादन सुरु भएको छ । स्थानीय बासिन्दाका साथै लाङटाङ एवं तामाङ सम्पदा मार्गको पर्यटकीय क्षेत्रमा समेत निरन्तर आपूर्ति गर्ने लक्ष्यका साथ प्रथम पटक ५० वटा थैलोमा च्याउको बिजारोपण गरिएको हो ।

रोपणका लागि अन्य ४०० थैलो तयार पार्ने काम भइरहेको छ । च्याउ खानका लागि एकदेखि डेढ महिनासम्ममा तयार हुने कृषि प्राविधिकले बताएका छन् । परम्परागतरूपले उपभोग गर्दै आएका जङ्गली च्याउ लोप हुँदै गएको अवस्थामा घरेलु च्याउले माग आपूर्तिमा सहज ल्याउने अपेक्षा गरिएको छ ।

समुद्र सहतदेखि एक हजार ९०० मिटर उचाइ धुञ्चेगाउँ र इमरूङबीच बुद्ध स्तूपको माथिल्ला भागमा उत्पादन कार्य अगाडि बढेको हो । एपिएग्रो नामक व्यावसायिक फार्ममार्फत च्याउखेती सुरु भएको छ । सो फार्मले मासुका लागि कुखुरा पालन, ताजा अण्डा उत्पादनका साथै तरकारी खेतीजस्ता विविध उत्पादनमूलक कार्यका लागि पूर्वाधार निर्माण गरी रोपण तथा व्यवस्थापनको काम अगाडि बढाइसकेको छ ।

फार्मका प्रबन्ध सञ्चालक प्रमोदकुमार तितुङका अनुसार कृषि प्राविधिकको परामर्शमा किसानलाई व्यवसायको नमुना देखाई आयआर्जनको जागरणमा सहयोग पु¥याउने अभिप्रायले नमुना कृषि फार्मका रूपमा विकसित गर्न लागिएको हो । पूर्वाधार निर्माणका लागि खर्च भएको रु ८५ लाखमध्ये कृषि ज्ञान केन्द्रले रु २५ लाख अनुदान सहयोग प्रदान गरेको छ । फार्मभित्र खसी तथा बोका पालन गर्ने गृहकार्यसमेत अगाडि बढिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्