उपप्रधान एवम् अर्थमन्त्री पौडेलद्वारा प्रतिकुल अवस्थामा समेत निर्माण कार्य जारी राखेकोमा निर्माण व्यवसायीको प्रशंसा

उपप्रधान एवम् अर्थमन्त्री  पौडेलद्वारा  प्रतिकुल अवस्थामा समेत निर्माण कार्य जारी राखेकोमा निर्माण व्यवसायीको प्रशंसा

काठमाडौँ

उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु प्रसाद पौडेलले प्रतिकुल अवस्थामा समेत निर्माण कार्य जारी राखेकोमा निर्माण व्यवसायीको प्रशंसा गर्नुभएको छ । नेपाल निर्माण व्यवसायी महासङ्घको प्रतिनिधिमण्डलसँगको भेटमा उपप्रधान एवम् अर्थमन्त्री पौडेलले समृद्ध नेपालको परिकल्पना पूरा गर्न निर्माण व्यवसायीको सहयोग आवश्यक रहेको बताउनुभयो ।

उहाँले गुणस्तरीय काम समयमा नै सम्पन्न गर्न सुझाव दिँदै ‘लो कस्ट’ मा टेण्डर बिड गर्ने प्रवृत्ति अन्त्य हुनुपर्ने धारणा राख्नुभयो । उपप्रधान एवम् अर्थमन्त्री पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेटका सम्बन्धमा महासङ्घले पेश गरेको लिखित सुझाव पत्र कार्यान्वयनका लागि सक्दो पहल गर्ने प्रतिबद्धता समेत जनाउनु भएको थियो ।

महासङ्घको प्रतिनिधिमण्डलले उप–प्रधान एवम् अर्थमन्त्री पौडेललाई भेटेर सार्वजनिक खरिद नियमावली, निर्माण सम्झौता अनुसारको भुक्तानी, राजस्व लगायतका विषयमा सहजीकरण गरिदिन आग्रह गरेका थिए ।

- रेडियो नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्