मेलम्ची र हेलम्बुका बाढी प्रभावितलाई कलाकार समुहले ४३ वटा पक्की घर निर्माण गरिदिने

<span class='c1'>मेलम्ची र हेलम्बुका  बाढी प्रभावितलाई कलाकार</span> <span class='c2'>समुहले ४३ वटा पक्की घर निर्माण गरिदिने</span>

सिन्धुपाल्चोक

कलाकारले बाढी प्रभावित सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बुमा प्रभावितलाई ४३ वटा पक्की घर निर्माण गरिदिने भएका छन् । देशभरका कलाकारद्वारा सञ्चालित सिन्धु सहयोग कोषको समूहले मेलम्ची क्षेत्रको स्थलगत अनुगमन गरेपछि बाढीले बगाएको मेलम्चीको दनुवार बस्तीमा १९ वटा पक्की घर बनाइदिने घोषणा गरिएको छ ।

त्यस्तै हेलम्बुको किउलमा मगर बस्तीका २४ पक्की घर बनाइदिने कलाकारहरूले जनाएका छन् । गत साता जिल्ला समन्वय समितिका प्रमुख कृष्ण गोपाल तामाङको नेतृत्वमा कोषका सह-संयोजक नायिका करिष्मा मानन्धर लगायत कलाकारको टोली मेलम्ची र हेलम्बुका घर बनाउने स्थान निरीक्षण गरेको करिष्माले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिनुभएको छ ।

मेलम्ची र हेलम्बुसहित पाँच पोखरीमा आकर्षक पक्की घरसहितको होमस्टे बनाउने आफूहरूको तयारी रहेको र यसबारे चाँडै योजना सार्वजनिक गर्ने कोषका सदस्य एवं सङ्गीतकार चेतन सापकोटाले जानकारी दिनुभयो ।
-रेडियो नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्