पेट्रोल भनेर पानी हालियो, २ वटा गाडी बिग्रीयो

पेट्रोल भनेर पानी हालियो, २ वटा गाडी बिग्रीयो

विराटनगर । पेट्रोलियम पर्दाथमा भएको मुल्यवृद्धिका कारण आजित बनेका जनता हाल संस्थागत रुपमै भईरहेको इन्धन ठगी र कालो बजारीबाट आक्रान्त बन्न थालेका छन् । यसको जलन्त उदाहण शुक्रबार विराटनगरमा २ जना सेवाग्राहीले दुख भोगेका छन् । त्यति मात्र हैन पानी मिसाएर हालिएको पेट्रोलले २ वटा कार समेत बिग्रीएको उनीहरुले गुनासो गरेका छन् ।

विराटनगर–३ आयल निगम पुर्व रहेको कोशी आयल एण्ड ट्रेड सेन्टरमा भरेको पेट्रोलमा पानी मिसाएर बिक्री गरेको पाइएको छ ।

विराटनगर–२ स्थित विराट नर्सिङ होेमका चिकित्सक डा. रजनिश झा धरानबाट विराटनगर फर्किने क्रममा आयल निगमस्थित कोशी आयलमा आफ्नो कारको ट्याङ्की फुल हुने गरि पेट्रोल हाले । पेट्रोल हालेर निस्किएपछि पिपल चौक नपुग्दै गाडी बन्द भयो ।
गाडी टोचन गराएर बरगाछीस्थित एक ग्यारेजमा पु¥याए । ग्यारेजको मेकानिकले गाडीको ट्याङ्की खोलेर हेरेपछि गाडीमा ४ भागको ३ भाग पेट्रोल र १ भाग पानी निस्कियो ।

यस्तै घटना बिहीबार विराटनगर–१ निवासी युकेश गुप्तासँग भयो । दिउँसो पेट्रोल पम्पमा तेल हालेर उनी तिनपैनी चौक जानका लागि हिडे । भट्टाचौक नपुग्दै उनको गाडी बन्द भयो । पछि ग्यारेज लगेपछि उनको गाडीको ट्याङ्कीबाट पनि पानी निस्कियो । यसअघि पनि आयल निगमस्थित सो पेट्रोल पम्पमा पेट्रोल हालेका अधिकांश ग्राहकहरुपेट्रोल भनेर किन पानी बेचेको भन्दै बिहीबार नै गुनासो गरेका थिए । तर, पम्प ग्राहकको गुनासोप्रति संवेदनशील भएन । गुम्ताले गाडीका इंन्जिन विग्रीएर एकदिनपछि मात्र गाडी बनेको बताए ।

हाल भने वाणिज्य कार्यालय, नापतौल कार्यालय र मोरङ प्रहरीको संयुक्त टोलीबिच घटनाको अनुसन्धानको बिषयमा समन्वय भइरहेको छ । पेट्रोलको नमुना संकलन गरेर परिक्षण भईसकेपछि मात्र थप अनुसन्धान अघि बढाइने मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्