विकल्प एन अल्टरनेटिभले विराटनगरमा ५ दिने फिल्म बनाउने तालिम संचालन गर्न गइरहेको छ ।
उक्त कार्यक्रमलाइ ३ चरणमा बिभाजन गरिएको छ । पहिलो चरणमा सहभागीहरुलाई ५ दिने तालिम दिइने छ, जसमा फिल्म बनाउने आधारभूत बिषयमा बिस्तृत जानकारी दिइने छ । दोश्रो चरणमा सहभागीहरुलाइ चार समुहमा विभाजित गरि छोटो समयको सिनेमा निर्माण गर्नको निम्ति फिल्डमा पठाइने छ भने, अन्तमा सहभागीहरुले तयार गरेको सिनेमालाइ दर्शक माझ प्रस्तुत गरिने छ ।
उक्त कार्यक्रममा सहभागी हुनको निम्ति इच्छुक आवेदकले आबेदन फर्म भर्नुपर्ने छ, जसको आधारमा २६ जना सहभागीहरुलाई तालिमको निम्ति छनौट गरिने छ । छनौटमा परेका सहभागीहरुले दर्ता शुल्क स्वरूप १९५०/- रुपैया बुझाउनु पर्नेछ । फर्म भर्ने अन्तिम मिति २०७८ भदौ १५ गतेसम्म रहेको छ भने कार्यक्रम होटल श्री कृष्ण बिराटनगरको प्रांगणमा भदौ २५-२९ गतेसम्म संचालन हुनेछ, त्यस पश्च्यात सहभागीहरु आ-आफ्नो समुहमा फिल्म सुटिंगको लागि बाडिने छन् ।
१८ बर्ष देखि ३५ बर्षका युवाहरुले यस कार्यक्रममा सहभागिता जनाउन सक्नेछन् । उक्त कार्यक्रममा सहभागीहरुलाई फोटोग्राफी, सिनेमेटोग्राफी, स्क्रिप्ट लेखन, एक्टिंग, लाइट, साउण्ड, आर्ट डिरेक्सन, एडिटिंग, डाइरेक्टरको भूमिका आदिको बिषयमा प्रशिक्षण दिइने कुराको जानकारी विकल्प-एन अल्टरनेटिभका निर्देशक बसन्त अधिकारीले जानकारी गराउनु भयो ।
आबेदन फर्म भर्ने लिंक: https://bikalpa.org/apply-liberty-film-school-workshop-2021/