अपाङ्गता र दृष्टिबिहीनको एक महिने आधारभूत कम्प्युटर तालिम सम्पन्न

<span class='c1'>अपाङ्गता र दृष्टिबिहीनको एक महिने</span> <span class='c2'>आधारभूत कम्प्युटर तालिम सम्पन्न</span>

विराटनगर । द लेप्रोसी मिसन नेपालको आर्थिक सहयोग, गौरिभक्त होटेल म्यानेजमेन्ट टेक्नोलोजी एण्ड ट्रेनिंग सेन्टरको आयोजना र मोरंग नेत्रहिन संघको व्यवस्थापनमा अपाङ्गता साथै दृष्टिबिहीन भएका ब्याक्तिहरुलाई स्वरोजगार बनाउन मोरंगको बेलबारीमा संचालन गरिएको एक महिने आधारभूत कम्प्युटर ज्ञान सम्बन्धि तालिम समापन भएको छ ।

कार्यक्रममा प्रमुख अथितिका रुपमा बेलबारी नगरपालिकाका प्रवक्ता साथै वडा नम्बर ३ का वडा अध्यक्ष योगेन्द्र सुवेदीको उपस्थिति रहेको थियो भने कार्यक्रममा द लेप्रोसी मिसन नेपाल प्रदेश १ का प्रमुख बिपिन दास, गौरिभक्त होटेल म्यानेजमेन्ट टेक्नोलोजी एण्ड ट्रेनिंग सेन्टरका तालिम संयोजक शान्तिराम खनाल, मोरंग नेत्रहीन संघ कि अध्यक्ष सिता बराइली, सुनसरी नेत्रहीन संघका अध्यक्ष इन्द्र कुमार लिम्बु को उपस्थिति रहेको थियो ।
एक माहिनाको तालिम अवधिमा अपाङ्गता भएका व्यक्तिहरुलाई बेसिक कम्प्युटर प्याकेज भित्र पर्ने माइक्रोसफ्ट अफिस वर्ड , एक्सेल, इंगलिस,नेपालि टाइपिंग र दृष्टिबिहीन व्यक्तिहरुको हकमा माइक्रोसफ्ट अफिस वर्डमा भएका दृष्टिबिहीन मैत्री ट्याबहरु यो एक महिने तालिममा सहभागीहरुलाई सिकाइएको छ क्ष् र एक महिने यस तालिम बाट सहभागीहरुले अतिनै प्रभावकारी ढंगले सिकिसक्नु भएको प्रशिक्षक सन्तोष पण्डित जानकारी दिनुभयो ।
प्रशिक्षक पण्डित आफैमा दृष्टिबिहिन हुनुहुन्छ र आफु दृष्टिबिहिन भएता पनि आफ्ना कारणले अरु दृष्टिबिहीन साथीको प्रविधिमा पहुँच पुग्दा आफुमा एकदम हौसला बढेर जाने गरेको प्रशिक्षक पण्डित बताउनुभयो ।

तालिममा सहभागी प्रशिक्षार्थीहरुले पनि तालिम एकदमै प्रभावकारी रहेको बताएका छन् । विद्यालय तह मा नेपाल सरकारले पाठ्यक्रममा समावेस गरेको कम्प्युटर बिषय परिक्षामा पास गर्नका लागि मात्रै हुन्थ्यो तर यस कम्प्युटर सम्बन्धि आधारभूत तालिमले हामीलाई व्यक्तिगत क्षमता बिकास संगै स्वरोजगार हुन् पनि निकै अहम भूमिका खेलेको सहभागी प्रशिक्षार्थी मोनिका दाहाल बताउनुहुन्छ ।
अहिलेको समय कहिँ कतै जागिर खानु पर्दा पनि अनिवार्य आधारभूत कम्प्युटर सम्बन्धि ज्ञान भएको भनेर आवेदन खुलाईन्छ यस्तो अवस्थामा यो १ महिने कम्प्युटर सम्बन्धि तालिमले त्यसको परिपुरकको भूमिका खेली त्यो खाडल पुर्ने द लेप्रोसी मिसन नेपाल प्रदेश १ का प्रमुख बिपिन दासले बताउनुभयो ।

अहिले स्थानीय सरकारहरुले अपाङ्गता भएका व्यक्तिहरुको सहयोगका लागी कार्य योजना रहेकोले स्थानीय सरकार संग पनि आवस्यक समन्वय गर्न प्रशिक्षार्थीहरुलाई बेलबारी नगरपालिकाका प्रवक्ता साथै वडा नम्बर ३ का वडा अध्यक्ष योगेन्द्र सुवेदीले आग्रह गर्नुभयो ।

कार्यक्रममा सहभागी प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र वितरण गरिएको थियो त्यसै गरि द लेप्रोसी मिसन नेपालले मोरंगका बिभिन्न स्थानका अपाङ्गता तथा दृष्टिबिहीन व्यक्तिहरु लाइ बिउ पुंजी स्वरूप प्रतिव्यक्ति २३,५०० समेत बितरण गरेको थियो ।
समापन कार्यक्रममा धेरै प्रशिक्षार्थीहरुले तालिम अवधिमा आफुहरुलाई केहि समय अझै थप गर्न आग्रह गरेकाले द लेप्रोसी मिसन नेपालको थप आर्थिक सहयोगमा तालिम अवधि १० दिन थपिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्