विराटनगरबाट अमेरिकी र भारतीय मुद्रासहित दुईजना पक्राउ

विराटनगरबाट अमेरिकी र भारतीय मुद्रासहित दुईजना पक्राउ

विराटनगर । विराटगनर १७ स्थित मटेरुवा चोकबाट प्रहरीले दुई जना भारतीय नागरिकलाई अमेरिकी तथा भारतीय मुद्रासहित पक्राउ गरेको छ । प्रहरीले भारत उत्तर प्रदेशस्थित लखनउका ३४ वर्षे अतुलकुमार र ३५ वर्षे सन्दिप सिंह रोयलाई पक्राउ गरेको हो ।

भारतबाट अवैध मार्ग हुँदै नेपाल प्रवेश गरेका उनीहरुको साथबाट २ लाख ८ हजार ५०० रुपैया भारतीय मुद्रा र २ हजार १ सय १४ अमेरिकी डलर बरामद गरेको मोरङ प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धानका लागि आन्तरिक राजश्व कार्यालय इटहरी पठाएको मोरङ प्रहरीले जनाएको छ ।

शुक्रबार दिउँसो १ बजे भारतबाट नेपाल तर्फ आउदै गरेको बेला चेकजाँच गर्दा अतुलको साथबाट ५०० दरका भारतिय नोट २०० थान र रोयको ५०० को २१७ थान, अमेरिकी डलर १०० को २१ थान, २० को ५ थान, १० को एक थान , र एकको चार थान प्रहरीले बरामद गरेको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्