विराटनगर–१६ मा एक व्यक्ति मृत फेला

विराटनगर–१६ मा एक व्यक्ति मृत फेला

विराटनगर । विराटनगर–१६ दरैयामा पहिचान नखुलेका एक व्यक्ति मृत फेला परेका छन् । दरैयाका गजेन्द्र ठाकुरको उखुबारीमा अन्दाजी २८ वर्षका जस्ता देखिने व्यक्ति मृत परेका हुन् ।

मृतक पुरुष गहुँ गोरो वर्णको ५ फिट भन्दा बढी उचाईका छन् । उनले जिन्स कालो र सेतो हाफ भेष्ट लगाएको पाइएको प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिनुभयो । मृतकको दाहीने हातको नाडीमा टाटु समेत रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्