विराटनगरको बार कोडले आफ्नो शैली फेर्दै, ईटालियन परिकार थप

विराटनगरको बार कोडले आफ्नो शैली फेर्दै, ईटालियन परिकार थप

विराटनगर । विराटनगरको हिमालय रोडमा रहेको ‘बार कोड द लाउन्ज’ले ईटालिय क्युजिन (परिकार) सुरु गरेको छ । आफ्ना सेवाग्राहीहरुको मागलाई मध्यनजर गर्दै ‘बार कोड द लाउन्ज’ले शनिबारबाट यसको सुरुवात गरेको छ ।
‘क्लाउड नाईन ग्रुप’ले केही समय अगाडी नयाँ व्यावस्थापनको साथमा ‘बार कोड द लाउन्ज’ले संचालनमा ल्याएको हो । शान्त र आरामदायी परिवारिक वातावरणमा रमाउने ‘बार कोड लाउन्ज’ पछिल्लो समय सबैको रोजाई बन्दै गएको छ । युवा व्यावसायी विवेक सिंहसँगै उहाँको श्रीमति डाक्टर बन्दना पौडेल र सन्त बहादुर तामाङको सयुक्त लगानी रहेको छ ।
साथै कोरोना माहामारीको समयलाई मध्यनजर गर्दै होम डेलीभेरीको समेत व्यावस्था गरेको छ । ग्राहकहरुले आफुलाई मन पर्ने परिकार अनलाईनबाट अर्डर गरेर घर सम्म नै पुर्याउने व्यावस्था समेत उपलब्ध गराउन थालेको ‘बार कोड द लाउन्ज’का संचालिका डा. बन्दना पोडेलले जानकारी दिनुभयो । यसको लागी अहिलेदेखी सुरु भईसकेको समेत पौडेलले बताउनभयो । हालै लाउन्जमा ईटालिन क्युजिन, पिज्जा, बर्गर, पास्ता लगयात विभिन्न नयाँ नया परिकारको समेत व्यावस्था रहेको संचालक विवके सिहले बताउनुभयो । लाउन्जमा स्थानिय प्रसासनले तोकेको समय अवधीभर बार खुल्ला रहेको सिहले जानकारी दिनभयो ।

साथै स्वास्थ्य मापदण्ड पुरा गरेर लाउन्ज बारमा विभिन्न परिकारको खानको लागी व्यावस्था समेत गरेको छ । यसका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय पेयपर्दाथको मिक्सोलोजिष्टद्धारा बनाइएका पेयपर्दाथ सेवाग्राहीले मज्जा लिन सक्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्