खोप केन्द्रमा अव्यवस्थित भिड : कोरोनोको खोप लगाउने भन्दा पनि कोरोना सर्ने डर (फोटो फिचर)

<span class='c1'>खोप केन्द्रमा अव्यवस्थित भिड : कोरोनोको खोप लगाउने</span> <span class='c2'>भन्दा पनि कोरोना सर्ने डर (फोटो फिचर)</span>

विराटनगर । प्रदेश १ को राजधानी विराटनगरसहित मोरङका स्थानीय तहहरुले सोमबारदेखि कोभिड १९ विरुद्धको खोप लगाउन सुरू गरेको छ । मोरङको सुन्दरहरैंचा, विराटनगर लगायतका स्थानीय तहहरुले सोमबारदेखि खोप लगाउन सुरू गरेको हो । नेपाल सरकारले चीनसँग खरिद गरेको भेरोसिल्ड खोप आएसँगै ५५ वर्ष माथिका उमेर समूहका व्यक्तिहरुलाई खोप लगाउन थालिएको हो ।

अहिले विराटनगरको खोप केन्द्रमा खोप लगाउनेको भिड छ । प्रदेश १ का लागि सरकारले १ लाख ६९ हजार डोज भेरोसेल र ९२ लाख ४० हजार डोज० जोन्सन एण्ड जोन्सनको खोप उपलब्ध गराएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
महानगरको खोप समन्वय समितिको आईतबार बसेको बैठकले ५५ वर्ष उमेर समूहका नागरिकलाई खोपको प्राथमिकतामा राखेको थियो ।
यसैगरी सरकारी संस्थामा कार्यरत कर्मचारी, कानुन व्यवसायी, बैकिङ क्षेत्रका कर्मचारी, एयरलायन्सका कर्मचारी, सुरक्षाकर्मी, विश्वविद्यालय तथा विद्यालयका शिक्षक तथा सार्वजानिक यातायातमा कार्यरत चालक तथा सहचालकलाई खोप लगाएका छन् ।
सोमबारदेखि विराटनगरको दुई वटा खोप केन्द्रबाट खोप लगाउन थालेको विराटनगर महानगरपालिकाका स्वास्थ्य महाशाखाका जनाएको छ ।

विराटनगरको वीरेन्द्र सभागृह र कोशी अस्पतालमा भेरोसेल खोप लगाउने कार्य सुरु भएको छ । खोप केन्द्रमा खोप लगाउनेहरुको घुँइचो लागेको छ । लाईनको व्यावस्थित गर्न नसक्दा कोरोनाको संंक्रमण बढ्ने झन जोखिम देखीएको छ ।
महानगरपालिकाले तीन वटा केन्द्र निर्धारण गरेको भएपनि जिल्ला प्रशासन कार्यालय मोरङले परिवार नियोजन संघमा राखिएको खोप केन्द्र तत्काल सञ्चालन नगर्न भन्दै रोकिदिएको छ । परिवार नियोजन संघमा बालबालिकाहरुका लागि नियमित खोप लगाउने केन्द्र सञ्चालनमा रहेका कारण त्यसमा असर पुग्ने भएकोले जिल्ला प्रशासन कार्यालयले रोकिदिएको हो ।
२ वटा मात्र खोप केन्द्र भएका कारण खोप लागउन पुगेका व्यत्तिहरुले गुनासो गरेका छन् । यता सरकारले ढिलै भएपछि खोपको व्यावस्था गरेका कारण आफुहरुलाई केही राहत मिलेको खोप लगाउन पुगेका व्यक्तिहरुले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्