विराटनगर । विराटनगर एयरपोर्ट मोडमा अटो भित्रै बेहोस अवस्थामा फेला परेका चालकको मृत्यु भएको छ । आफ्नै अटोमा बेहोस अवस्थामा फेला परेका इटहरी–३ का ३० वर्षीय बिशम श्रेष्ठलाई नोबेल मेडिकल कलेजमा मृत घोषणा गरिएको हो ।
सोमबार साँझ अटोमै बेहोस अवस्थामा फेला परेका उनलाई नोबेल मेडिकल कलेज पु¥याउन साथ चिकित्सकले मृत घोषणा गरेको मोरङका प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिनुभयो । एयरपोर्ट मोडको पश्चिमतर्फ रोकेर राखेको को २ ह २३३३ नम्बरको अटोमा उनलाई बेहोस अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
प्रहरी नायव उपरीक्षक श्रेष्ठका अनुसार अहिले मृतक श्रेष्ठका आफन्त सम्पर्कमा आईसकेका छन् । घटनाको विषयमा थप अनुसन्धान सुरु गरिएको छ ।