विराटनगरको १८ वटा वडामा खोप लगाईदै

विराटनगरको १८ वटा वडामा खोप लगाईदै

विराटगनर । विराटनगर महानगरपालिकाका १८ वटा वडाहरुले आजदेखि कोरोना विरुद्धको खोप अभियान सञ्चालन गरिरहेका छन् । तर खोप केन्द्रहरुको व्यवस्थापन राम्रोसँग् नहुदाँ खोप लगाउन पुगेका सर्वसाधारणलाई कोरोनाको संक्रमण सर्ने थप चुनौती देखिएको छ ।

हरेक वडाहरुले ५५ वर्ष माथिका वडाबासीहरुलाई आज मंगलबारदेखि तीन दिनसम्म भेरोसेल खोप लगाउने गरी तयारी गरेको गरेको छ ।
विराटनगर महानगरपालिकामा सोमबार भएको छलफल पछि सबै वडाहरुमा खोप अभियान सञ्चालन गर्ने निर्णय भएको हो । सोही निर्णय अनुसार वडा नम्बर ३ बाहेकका वार्डहरुले मंगलबारबाट खोप लगाउन थाल्ने छन् । वार्ड नम्बर ३ ले भने बुधबारबाट मात्र खोप लगाउने जनाएको छ । भीड व्यवस्थापनको तयारी गर्नु पर्नेभएकोले बुधबारदेखि मात्र खोप लगाउने जनाएको छ ।
नगरका वडाबासीहरु खोपको तिब्र प्रतीक्षामा रहेका कारण ५५ वर्ष भन्दा माथिका नागरिकलाई मात्र यो तीन दिन खोप लगाइने बताइएको छ । यता फ्रन्टलाइनर, वैदेशिक रोजगारी, कर्मचारी, शैक्षिक क्षेत्रमा आवद्ध शिक्षक शिक्षीका, यातायात मजदुर आदिलाई विराटनगरको विरेन्द्रसभा गृह र कोशी अस्पतालमा खोप लगाउने व्यावस्था मिलाएको छ ।
तर हरेक खोप केन्द्रहरुमा व्यावस्थित लाईनको व्यावस्थापन गर्न नसक्दा कोरोनाको संक्रमण हुने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्