विराटनगर । कोरोना संक्रमणको जोखिमका कारण यसवर्ष पनि विराटनगरमा राधाकृष्ण रथयात्रा आयोजना नगरिने भएको छ । अर्को महिना भदौ १५ गते आयोजना गरिने रथयात्रा स्थगित गर्ने निर्णय गरिएको हो ।
श्री राधाकृष्ण मन्दिर समितिका अध्यक्ष बाबुराजा ओझाका अनुसार रथयात्राका लागि आवश्यक तयारी नगरिने भएको छ । कोरोना महामारीका कारण भक्तजनको उपस्थितिमा रथयात्रा गर्नसक्ने अवस्था नरहेका कारण कार्यक्रम रोक्ने निर्णय गरिएको अध्यक्ष ओझाले जानकारी दिनुभयो ।
जिल्लास्थित सुरक्षा संयन्त्रको आग्रह पनि रथयात्रा आयोजना नगरौं भन्ने रह्यो, अध्यक्ष ओझाले भन्नुभयो–हामीले पनि जोखिम मोलेर रथयात्रा निकाल्न नचाहेका हौं । तर, सिमित व्यक्तिहरुको उपस्थितिमा परम्परा अनुसारका पूजाआरधना गरेर रथलाई गाडीमा राखेर एक फन्को भने घुमाईने छ ।