गुणस्तरीय शिक्षालाई प्राथमिकता दिदै प्लस टु सम्मको अध्यापन गराउदै आएको विराटनगर महानगरपालिका वार्ड नम्बर १३ मा अवस्थित स्टार हाईअर सेकन्डरी स्कुलले व्यवस्थापन तथा शिक्षा संकायमा स्टार कलेज अन्तर्गत प्लस टु अध्ययनका लागि कक्षा ११ को प्रि रजिस्ट्रेशन खुल्ला गरेको छ।
उच्च अनुशासनका साथ स्वच्छ वातावरणमा अध्यापन गराउने स्टार कलेजले सस्तो मुल्यमा सर्वसुलभ शिक्षा प्रदान गर्ने गर्दछ । विगत लामो समयदेखि आफ्नै भौतिक पुर्वाधारमा अध्यापन गराउदै आएको कलेजमा पैसा तिर्न नसक्ने गरिब विद्यार्थीका लागि सहकारीसँग सहकार्य अभियान अन्तर्गत दैनिक रुपमा पैसा बचत गरेर शुल्क तिर्ने व्यवस्था समेत गरेको प्लस टु संयोजक भास्कर भट्टराईले बताउनु हुन्छ । उहाँले यसका साथै गरी तथा जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्तिको व्यवस्था समेत गरिएको जानकारी दिनु भयो ।
निरन्तर पढाई मात्र नभई विद्यार्थीको क्षमता अभिवृद्धिको लागि बढि भन्दा बढि खेलकुद, संगित जस्ता अतिरिक्त कृयाकलापमा विद्यार्थीहरुलाई सहभागी गराउने गरेको संयोजक भट्टराईले बताउनु हुन्छ । साथै शैक्षिक भ्रमण, इन्टर्नसिप, गेस्ट लेक्चरर्स जस्ता योजनाका माध्यमबाट विद्यार्थीहरुको पहुँचमा थप प्रभावकारी शिक्षा पुर्याउने योजना उहाँले सुनाउनु हुन्छ । हाल लामो समयदेखि शिक्षा क्षेत्रमा कार्यारत युवाहरुले व्यवस्थापन गरिरहनु भएको कलेजले टाढाबाट आउने विद्यार्थीको लागि होस्टल तथा यातायातको व्यवस्था कलेजले गरेको छ ।
यसै गरि कलेजले सबै वर्गलाई सस्तो र गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्य राखेको कलेजका सल्लाहकार तथा स्टार स्कुलका निर्देशक उद्धव प्रसाद पोखरेलले बताउनु हुन्छ ।
स्कुल प्रति बढ्दो विश्वासका कारण डिप्लोमाका कक्षाहरु समेत आगामी वर्षबाट सुरु गरिने संयोजक भट्टराईले बताउनु भयो ।
स्टारमा कक्षा ११ मा अध्ययन गर्नका लागि प्रि रजिस्ट्रेशन गरि आफ्नो सिट सुरक्षित राख्न सकिन्छ ।
हेर्नुहोस् भिडियो