‘मेरो देश, मेरै उत्पादन’ लाई सार्थक बनाउन प्रदेश सरकारसँग प्रतिवद्धता माग

‘मेरो देश, मेरै उत्पादन’ लाई सार्थक बनाउन प्रदेश सरकारसँग प्रतिवद्धता माग

विराटनगर । स्वदेशी वस्तुहरुको उपभोग अभिवृद्धि गरी देशलाई आत्मनिर्भर वनाउदै समुनत राष्ट्र निर्माणमा सहयोग पु¥याउने लक्ष्यसहित उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले प्रारम्भ गरेको मेरो देश, मेरै उत्पादन अभियानको दोस्रो चरणको कार्यक्रम सुरु गरिएको छ ।
यसको कार्यन्वयनलाई सफल बनाउन जनस्तरसम्म अभियानलाई पु¥याउन संस्थाले तयार पारेको निमोनिक लोगो फ्रेम र प्रतिवद्धता पत्र प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईलाई हस्तान्तरण गरेर अभियानको दोस्रो चरण प्रारम्भ गरिएको हो ।

मुख्यमन्त्री बाहेक भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री रामवहादुर मगर, सामाजिक विकास मन्त्री उषाकला राई र भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री कला घलेलाई लाई अभियाजको जागरणका लागि लोगो र प्रतिवद्धता पत्र बुझाइएको छ ।
मेरो पहिलो रोजाई स्वदेशी उत्पादन हो, म मेरो दैनिक आवश्यकता स्वदेशी उत्पादनबाटै पुरा गर्दछु, म आफना छिमेकी, साथी–भाई, ईष्ट–मित्र सबैलाई स्वदेशी उत्पादन प्रयोग गर्न प्रेरित गर्दछु, उच्च स्वाभिमान र गौरवका साथ म मेरो स्वदेशी उत्पादनको प्रवद्र्धनमा सधै लागिपर्नेछु भन्ने चार वु“दे प्रतिवद्धता उल्लेख नेपाली कागजमा तयार गरिएको पेपर स्टेण्ड समेत प्रदान गरिएको छ ।

प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईलाई निमोनिक लोगो फ्रेम र चार वुदे प्रतिवद्धता उल्लेख नेपाली कागजमा तयार गरिएको पेपर स्टेण्ड प्रदान गर्दै उद्योग संगठन मोरङका अध्यक्ष्ँ सुयश प्याकुरेलले स्वदेशी उत्पादनको प्रवद्र्धन गरी राष्ट्रिय आर्थिक एवं औद्योगिक विकासमा टेवा पु¥याउने लक्ष्यका साथ सुरु गरिएको अभियानको विषयमा जानकारी गराउनु भएको थियो ।

उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले राष्ट्रव्यापी रुपमा मिति २०७७ चैत्र १३ गते तत्कालिन प्रधानमन्त्री के.पि.शर्मा ओलीबाट ूमेरो देश, मेरै उत्पादनू प्रारम्भ गरेको थियो । दैनिक जीवनमा प्रयोग हुने वस्तुमा स्वदेशी उत्पादनलाई नै प्रयोगमा ल्याउन अनुरोध गर्दै यस अभियानलाई सार्थक वनाउदै आत्मनिर्भर अर्थतन्त्र निर्माण र वढ्दो व्यापार घाटालाई न्यूनिकरण गर्न सबैको साथ र सहयोग रहने विश्वास व्यक्त गरिएको छ ।
मोरङ व्यापार संघका अध्यक्ष्ँ प्रकाश मुन्दडाले स्वदेशी उद्योगहरुको संरक्ष्ँण एवं प्रवद्र्धनका लागि सरकारले सार्वजनिक खरिद ऐनमा समेत स्वदेशी वस्तु खरिदलाई प्राथमिकता दिई सोही अनुरुपको व्यवस्था गर्न आग्रह गर्नुभयो । व्यापार घाटालाई न्यूनिकरण गरी सन्तुलनमा ल्याउनका साथै सम्मुनत राष्ट्र निर्माणमा सहयोग पु¥याउने उद्देश्यले प्रारम्भ गरिएको यस अभियानलाई प्रदेश सरकारले आफनै अभियानको रुपमा लिनु पर्ने धारणा थियो ।

मुख्यमन्त्री शेरधन राईले संगठन र संघले शुरु गरेको यस अभियानले राष्ट्रिय आर्थिक र औद्योगिक विकासको प्रवद्र्धनमा थप टेवा पुग्ने विश्वास व्यक्त गर्दै यस अभियानको कार्यान्वयमा साथ र सहयोग रहने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्