पुर्खाले सुम्पेका धरोहर संरक्षण गर्नु वर्तमान पुस्ताको दायित्व हो : मुख्यमन्त्री पौडेल

<span class='c1'>पुर्खाले सुम्पेका धरोहर संरक्षण गर्नु वर्तमान</span> <span class='c2'>पुस्ताको दायित्व हो : मुख्यमन्त्री पौडेल</span>

वाग्मती

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले पुर्खाले सुम्पेका धरोहरको सम्पदाको रूपमा संरक्षण गर्नु वर्तमान पुस्ताको दायित्व भएको बताउनुभएको छ । चन्द्र शम्शेरको पालामा १०४ वर्षअघि निर्माण भएको चुरियामाइ सुरुङमार्गको पुनः निर्माणको आज शिलान्यास गर्दै मुख्यमन्त्री पौडेलले प्रदेश सरकार ऐतिहासिक सम्पदाको संरक्षण र सम्वद्र्धन गर्न प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले यस्ता सम्पदाको संरक्षणले यहाँको विकासको मूल फुटाउने उल्लेख गर्नुभयो ।

कार्यक्रममा प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फँुयालले प्रदेश सरकारले शुरुआत गरेका विकास निर्माणका काम समयमै सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो । मुख्यमन्त्री पौडेलले नीति तथा कार्यक्रम निर्माणका क्रममा नै यस सुरुङ, चन्द्र ज्योति विद्युत्गृहलगायतका देशका शानहरुको संरक्षणका लागि कार्यक्रम बनाउन निर्देशन दिनुभएको उहाँले स्मरण गर्नुभयो । एक सय चार वर्षअघि निर्माण भएर विसं २०२० सम्म सञ्चालनमा रहेको सुरुङमार्ग हाल भग्नावशेषका रूपमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्