दोधारा चाँदनी नगरपालिकाका कागजपत्र अख्तियारको नियन्त्रणमा

<span class='c1'>दोधारा चाँदनी नगरपालिकाका</span> <span class='c2'>कागजपत्र अख्तियारको नियन्त्रणमा</span>

कञ्चनपुर

अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरले बुधवार दोधारा चाँदनी नगरपालिकामा निर्माण कार्य सम्बन्धीका कागजपत्र नियन्त्रणमा लिएको छ । सडक निर्माणसम्बन्धीका योजना सम्पन्न नभइकन भुक्तानी भएको उजुरीका आधारमा कागजात नियन्त्रणमा लिई अनुसन्धानको कार्य भइरहेको अख्तियारको कार्यालयका सूचना अधिकारी हरिशचन्द्र जोशीले बताउनुभयो ।

“आव ०७७/७८ का सडक निर्माण, कालोपत्रेलगायतका चार वटा योजनामा कार्य नगरिकनै भुक्तानी दिइएको उजुरी परेको थियो”, उहाँले भन्नुभयो, “त्यसै आधारमा सम्बन्धित योजनाका कागजपत्र नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ ।” योजनामा अनियमियता नभए नभएकोबारे अनुसन्धानपछि जानकारी हुने उहाँले बताउनुभयो ।
-रेडियो नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्