खोप प्रकरण : एमाले महानगर अध्यक्ष थापाद्वारा खेद प्रकट, मेयर पराजुलीको गुनासो

खोप प्रकरण : एमाले महानगर अध्यक्ष थापाद्वारा खेद प्रकट, मेयर पराजुलीको गुनासो

विराटनगर । विराटनगर महानगरका मेयर भीम पराजुलीले मापदण्ड विपरित खोप लगाईदिएको विषयमा नेकपा एमाले महानगर कमिटीले खेद प्रकट गरेको छ ।
नेकपा एमाले महानगर कमिटीका अध्यक्ष सागर थापाले विज्ञप्ति जारी गर्दै घटनाको निन्दा गर्नु भएको छ । बुधबार राती मेयरको नेतृत्वमा विराटनगर ५ का नेपाली काँग्रेसका बुथ सभापति विमलराज भण्डारीको घरमा केभिड १९ विरुद्धको भेरोसेल खोप लगाउँदै गरेको अवस्थामा स्थानीय बासीले मेयरलाई लखेटेपछि घटना सार्वजनिक भएको थियो ।

आफै गएर खोप लगाउन निर्देशन दिने, उभिएर हेर्ने, आसेपासेलाई बोलाउने अनि म गएको छैन भन्दै वक्तव्यवाजी गरेर घटना लुकाउने प्रयत्न गरिएको भन्दै अध्यक्ष थापाले कडा रोष प्रकट गर्नु भएको छ । नेकपा एमालेको सरकार हुँदै ल्याईएको खोपलाई पूर्वाग्रह साँधेर आफ्नै आसेपासेलाई घर घरमा लगाईदिने घटनाले लज्जित बनाएको थापाले जारी गर्नु भएको विज्ञप्तीमा उल्लेख छ ।

यता महानगरका मेयर भीम पराजुलीले घटनामा संलग्न नभएको व्यक्तिलाई जर्बरजस्त मुछिएको भन्दै विज्ञप्ती निकालेर भ्रममा नपर्न महानगरवासीलाई आग्रह गर्नु भएको छ । पराजुलीले कोरोना संक्रमण नियन्त्रणका लागि गरेको पहल र प्रयत्नलाई निस्तेज गर्ने गरि खोप वितरणको विषयमा जोडिएको भन्दै गुनासोगर्नु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्